नेपाली अमेरिकन कलाकार संघको नेतृत्वमा निशा
अमेरिकास्थित न्युयोर्कमा गठित नेपाली अमेरिकन कलाकार संघको अध्यक्ष पदमा गायिका निशा सुनार सर्वसम्मत रुपमा चयन भएकी छिन् । संघको चौंथो विशेष अधिवेशनले निशालाई अध्यक्षको रुपमा चयन गरेको हो । संघको संरक्षकमा अभय ढुंगेल छन् ।
१७ सदस्यीय कार्यस वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, विमल डाँगी, विक्की पुलामी, ऐट्ना कार्की, राजेन्द्र राई र महासचिव-संगिता थापा छन् । यस्तै सचिवमा मधु कुमार गिरी (मधुर), कोषाध्यक्ष पुष्कर वराल, सह कोषाध्यक्ष पुजा न्यौपाने अनि युथ कोर्डिनेटरमा दिलिप कुमार श्रीस चयन भए । सदस्यहरुमा चिनिया लाल श्रेष्ठ, बुद्दीमान घिसिङ, पुष्पा बस्नेत, नविन श्रेष्ठ, माया राई रहेका छन् ।
सम्पन्न अधिवेशनको प्रमुख अतिथिमा महावाणिज्यदूत बिष्णु प्रसाद गौतम थिए भने विशेष अतिथिमा फिप्नाका अध्यक्ष लोक चेम्जोङ थिए । वरिष्ठ गायिका सपना श्रीले निर्वाचित कार्य समितिलाई अबीर र खाद लगाई बधाई दिईन् ।