आकाशसँग ‘निशब्द’ बनिन् सुरक्षा (भिडियो)
गायिका सुरक्षा सेन्चुरीको स्वरमा ‘निशब्द’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा टिका दाहालले संगीत दिएक छन् । भिडियो :
निकेश खड्का निर्देशित गीतको भिडियोमा सुरक्षासँगै नायक आकाश श्रेष्ठ फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा विकाश धमलाको सम्पादन छ । रमेश दाहालको शब्द रहेको गीतमा राहुल प्रधानले संगीत संयोजन गरेका छन् ।
भ्वइस अफ् नेपालमा सहभागी भएर चर्चामा आएकी सुरक्षाले ‘निशब्द’ आफ्नै अफिसियल युटुव च्यानलबाट अपलोड गरेकी छिन् । उनले गाएको ‘जीनदगी’ गीत हिट भएको थियो ।