६ बर्षपछि आनीको साँगीतिक कन्सर्ट
गायिका आनी छोइङ डोल्माले ६ वर्षपछि पुन सांगीतिक कन्सर्ट गर्ने भएकी छन् । ‘हिल द अर्थ’ नाम दिइएको कन्सर्ट यही जुन २५ अर्थात् असार ११ गते साढे चार बजे देखि जावलाखेलमा रहेको सेन्ट मेरीज स्कुलमा आयोजना हुनेछ ।
कन्सर्ट बारे आनी भन्छिन्, ‘हामी सबै विश्वव्यापी महामारी, उथलपुथल र द्वन्द्वको प्रभावसँग जुधिरहेका छौं र हामी सबैलाई आन्तरिक उपचार चाहिएको छ । यस विशेष कार्यक्रम मार्फत् हामीले यो सन्देश पठाउने लक्ष्य राखेका छौं कि आशा र दयाले हामीलाई हाम्रो भित्री आत्मासँग पुनः जोड्न मद्दत गर्नेछ ।’ ‘फूलको आँखा फुलै संसार की गायिका शेर्पा सँगै मनोज सिंह नेवा (नेपालबाट पहिलो ग्रामी मनोनीत), सञ्जय श्रेष्ठ -१९७४ एडी, गोपाल रसाइली, प्रज्वल लामा र एल.बोनी चक्रवर्ती लगायत पनि कन्सर्टको टिममा रहने छन् ।
कन्सर्टको प्रायोजकमा सानिमा बैंक, ब्रिटिश कलेज, इसेवा, फोन पे, काठमाडौं ज्याज कन्जर्वेटरी, सेन्ट मेरीज स्कूल, द हिमालयन लगायत छन् भने कन्सर्टको लागि अनलाइन टिकट इसेवाबाट काट्न मिल्नेछ । कन्सर्टको आम्दानी आनीको फाउन्डेसन मार्फत आगलागीबाट घाइते भएकाहरुको उपचारमा सहयोग गरिने बताइएको छ । त्यति धेरै सांगीतिक कार्येक्रमहरुमा नदेखिने आनीले ६ वर्ष पछि गर्न लागेको यो कार्येक्रमलाइ निकै महत्वोका साथ हेरिएको छ ।
कार्येक्रममा आनीले नयाँ पुराना गरि ४/५ वटा गित र मन्त्र प्रस्तुत गर्ने छिन । कन्सर्टको संयोजन भने चर्चित गितारबाधक मनोज केसीले गरेका हुन ।