ट्रेन्डिङमा सौगात र दयाको ‘दुई नम्बरी’ टिजर
मल्टीस्टारर फिल्म ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएको छ चौबिस घण्टा नबित्दै युटुवको ट्रेन्डिङमा उक्लिएको छ । सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहेको नम्बरीको टिजर युटुव ट्रेन्डिङको एघारौं स्थानमा छ । टिजर हेर्नुस् :
दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मलाई किरण नेपालीले निर्माण गरेका हुन् । फिल्ममा सौगात र दयासँगै उपसनासिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय छ । टिजरमा यी कलाकारहरुलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । ‘दुई नम्बरी’को टिजरलाई धेरैले सौगात र दयाको सुपरहिट फिल्म लुटसँग दाँजेका छन् । ‘दुई नम्बरी’ दुई मित्रताको कथामा आधारित फिल्म हो ।
दिपक गुरुङ, अमलादेवी राई र जयश श्रेष्ठ निर्माता रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माता र मिथु तामाङ्नी सह निर्माता छिन् । फिल्मलाई सुशान प्रजापतिले खिचेका हुन् भने सम्पादन निमेश श्रेष्ठको छ ।