‘नाईं नभन्नू ल ६’मा अनुभव र योगिशा,अरु जोडी यी हुन्
फिल्म ‘नाईं नभन्नू ल ६’ मा अनुभव रेग्मीको जोडीको रुपमा योगिशाा खत्री प्रस्तुत भएकी छन् । ‘प्रेम गीत ३’ पश्चात् विकास आचार्य कृत फिल्ममा अनुभव र योगिशाले जोडी भएर अभिनय गरेका हुन् ।
‘नाईं नभन्नू ल ६’ मा अनुभव र योगिशा
निर्माण पक्षले अनुभव र योगिशाको सुट यसै साता सकाएको छ । छायाँकन स्थलबाट उनीहरुको तस्बिर सार्वजनिक भएका हुन् । ‘नाई नभन्नू ल’ का श्रृंखलामा ‘मियो’का रुपमा देखिएका अनुभवसँग थुप्रै कलाकारहरुले जोडी भएर अभिनय गरेका छन् । ‘नाईं नभन्नू ल २’ मा अनुभवसँग सुज्ञानी भट्टराईको जोडी जमेको थियो ।
‘नाईं नभन्नू ल २’ मा अनुभवसँग सुज्ञानी
तेश्रो श्रृंखलामा अनुभव र सफला भट्टराई जोडी थियो । चारमा याशु श्रेष्ठ गीतमा फिचर्ड थिइन् । ‘नाईं नभन्नू ल ५’ मा चाहिं सेड्रिना शर्मासँगको जोडी दर्शकले औधी रुचाए । सेड्रिनाले बाल कलाकारको रुपमा विभिन्न अवार्ड समेत पाइन् ।
‘नाईं नभन्नू ल ५’ मा अनुभव र सेड्रिनाको सुपरहिट जोडी
चारमा अनुभव र यांशु
‘नाईं नभन्नू ल ६’ मा अनुभव र योगिशाको एउटा गीत सहित फिल्ममा समेत महत्वपूर्ण भूमिका रहेको निर्देशक आचार्य बताउँछन् । उसो त फिल्ममा अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुईंटेल पुत्र अर्थवले पनि बाल कलाकारको रुपमा अभिनय सुरु गरेका छन् । साथमा आँचल शर्मा, आर्शिवाद क्षेत्रीको मुख्य भूमिका छ ।
तेश्रो श्रृंखलामा अनुभव र सफला
बैशाख १ गतेबाट प्रदर्शनमा आउने ‘नाईं नभन्नू ल ६’ को शिर्ष गीत यो शुक्रबार सार्वजनिक हुँदैछ । जसमा आँचल र आर्शिवाद फिचर्ड छन् । अनुभव र योगिशाको गीत पनि खिचिएको छ । फिल्मको प्रोमो चैत १५ गते रिलिज हुने निर्देशक आचार्य बताउँछन् ।
निर्देशक आचार्य, अनुभव र योगिशा