र्याप गीतको रियालिटी शो ‘र्याप व्याटल नेपाल’ हुने
युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा र्याप गीतको रियालिटी शो ‘र्याप व्याटल नेपाल’ हुने भएको छ ।
आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोका बारे जानकारी दिँदै शो एपीवान टेलिभिजनबाट प्रसारण हुने बताए । युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन शुरु हुने बताए । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्याप ब्याटल नेपाल प्रसारण हुनेछ । ‘शोमा नेपाली सांगीतिक फाँटका देखि बलिउडका संगीतकर्मी निणर्ायक हुनेछन्’, उनले भने ।
राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेण्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहौलमाझ रम्ने वातावरण यस शोले दिने बताए ।
शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ ।
शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुण ०२, इटहरीमा फागुण ०५, चितवनमा फागुण ०९, पोखरामा फागुण १२ र काठमाडौंमा १८ तथा १९ गते गरिने बताए । उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने राजपुतले जानकारी दिए ।
एपिवान टेलिभिजनका समाचार प्रमुख निरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा पे वेलका असिस्टेन्ट सिईओ प्रज्वल आचार्य लगायतको उपस्थिति रहेको थियो ।