‘अगस्त्य : च्याप्टर वन’ टिजरमा सौगात र नाजिर छाए
अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘अगस्त्य च्याप्टर वन’ को टिजर रिलिज भएको छ । आइतबार प्रेसमिट गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजरले दर्शकलाई कौतुहल बनाउँदछ । टिजर :
करिब दुई मिनेट लामो टिजरमा अभिनेता सौगात मल्ल छाएका छन् । टिजरमा उनको विभिन्न रुप देख्न सकिन्छ । साथमा अभिनेता नाजिर हुसेनको पनि मिहनेत झल्किन्छ । कलाकारहरु निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी लगायत कलाकारहरुलाई टिजरमा स्थान दिइएको छ । अगस्त्य फागुन १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
फिल्म ‘अगस्त्य’लाई संजय लामाले खिचेका हुन् भने सम्पादन निमेश श्रेष्ठले गर्दैछन् । फिल्मलाई प्रकाश मल्ल, अनिश तामाङ, बिनोद पौडेल मिलेर निर्माण गरेका हुन् ।