श्रेणीसँग गौरव ‘साइँला’को विवाह हुँदै
अभिनेता गौरव पहारीको विवाह भएको छ । आइतबार प्रेमिका श्रेणी खतिवडासँग साइँलाको बिबाह भैरहेको छ । विवाह समारोहमा दुई परिवार, आफन्त र केही सेलिव्रेटीहरुरुको उपस्थिति छ ।
गौरव र श्रेणीले असोज ३ गते इन्गेजमेन्ट गरेका थिए । श्रेणी पेशाले जुम्बा ट्रेनर हुन् । ‘मञ्जरी’बाट अभिनय सुरु गरेका गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्महरुमा अभिनय गरेका छन् । उनी अभिनित फिल्म नम्बरी सुन प्रदर्शनको पर्खाइमा छ ।
कुशल अभिनय र सरल स्वभाव भएका गौरवलाई बैबाहिक जीवनको शुभकामना ।