find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सौराहामा सुवेदीको ‘सतिदेवी’लाई सर्वोत्कृष्ट फिल्मको उपाधि

सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट फिल्मको उपाधि ‘सतिदेवी’ले जितेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार लक्ष्मण सुवेदी निर्देशीत ञसतीदेवीझ चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो ।

सतिदेवीले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ । यसैगरी, यही फिल्मबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट फिल्म निर्देशकको अवार्ड पनि जित्न सफल भए ।

समारोहमा निर्देशक सुवेदीलाई स्व. निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा अभिषेक रेग्मीले सो अवार्ड प्रदान गरेका थिए । त्यस्तै महोत्सवमा उत्कृष्ट बृत्तचित्र अवार्ड डा.सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गरेको छ । बृत्तचित्रले उपाधिसँगै नगद २५ हजार पुरस्कार समेत प्राप्त गरेको छ ।

त्यस्तै उत्कृष्ट लघु चलचिको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तो उत्कृष्ट सम्पादक ‘नांगो गाउँ’बाट बनिशा शाहले जीते ।
सिनेमाटोग्राफरको उपाधि ‘बिच्छेद’बाट संकल भुजेलले प्राप्त गरेका छन भने यसै फिल्मबाट उत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौंलागाई र मुकुन भुसालले प्राप्त गरेका छन । यस्तै ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीति फिल्म‘भाग्य’ले प्राप्त गर्यो ।

महोसत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी फिल्मले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए । महोत्सवको समापनमा सर्वोत्कृष्ट र सहभागी फिल्म र फिल्मर्मीलाई बागमती प्रदेशका सदस्य गीता गुरूङले सम्मान र नागद पुरस्कार हस्तन्तरण गरिन् ।
महोत्सवमा फिल्मको निर्णायक समितिको संयोजकमा वरिष्ठ बृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए । सो समितिमा नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारी र चलचित्रक निर्देशक समाजका निवर्तमान अध्यक्ष एवं चलिचित्र निर्देशक रक्षा सिंह राणा रहेकी थिइन ।

कार्यक्रमको उद्घाटनमा वरिष्ठ चलचित्रकर्मीहरू निर शाह, शिव श्रेष्ठ, प्रकाश सायमी, रविन्द्र खड्का, गायिका ऋतु कडेँल, गायक हिमाल सागर लगायत उपस्थित रहेका थिए । महोत्सवको सञ्चालन चर्चित प्रस्तोता शान्ति पाख्रिनले गरेकी थिइन । महोत्सवमा प्रकाश, सतिदेवी, बिच्छेद, महानगर, वेलकम टु हेमजाकोट, भाग्य, चारदाम, लिलामे माइला, म अलप हुन चाहन्छु, वाइल्ड फायर, भुसको लोग्ने, खाग, गाली मन्त्र, आइ लभयू मम, हमर पहिचान, ग्रेट फादर, किरयापुत्री, वनकरिया र हिन्दी भाषाको चलचित्र घटना, लगायत प्रदर्शन गरिएको थियो ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha