अर्थपुर्ण केकीको ‘बोक्सीको घर’को ‘बुझिन मैंले’ गीत
फिल्म ‘बोक्सीको घर’को नयाँ गीत बुझिन मैंले बोलको गीत रिलिज गरिएको छ । सर्जक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा गायिका समिक्षा अधिकारीले स्वर दिएकी छन् । गीत :
गीतमा अभिनेत्री केकी अधिकारी फिचर्ड छिन् । साथमा कलाकार सुलक्ष्ण भारती र रमा थपलिया पनि प्रस्तुत छन् । गीतको कोरियोग्राफी र निर्देशक सुनिल क्षेत्रीले गरेका हुन् भने छायाँकन नवराज उप्रेतीको छ । फिल्मको सार्वजनिक यो गीतले फिल्मको भाव प्रस्तुत गर्दछ । समग्रमा गीत अर्थपुर्ण बनेको छ ।
सुलक्षण भारती निर्देशित फिल्ममा अभिनेत्री केकी अधिकारीले शिर्ष भूमिका निभाएकी छन् । फिल्म बैशाख १४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।