find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

धिरज र उपासना स्टारर ‘खुस्मा’को उत्साहजनक सुरुवात

गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले उत्साहप्रद सुरुवाती व्यापार गर्न सफल भएको छ । फिल्मले प्रदर्शनको पहिलो दिनबाटै हाउसफूलको व्यापार गरेको थियो । फिल्मले शुक्रबार सन्तोषजनक र शनिबार उत्साहप्रद व्यापार गरेको वितरक तथा निर्माताको भनाई छ ।


शनिबार बिहानी शोमा ५० प्रतिशत आसपासमा अकुपेन्सी देखिए पनि दिउँसो १२ बजेपछिका शोमा ८० देखि शतप्रतिसतसम्म अकुपेन्सी देखिएको थियो । वितरक गोविन्द शाहीले काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा राम्रो रहेको बताए । यसअघिका सिनेमामा मोफसलको व्यापार काठमाडौं उपत्यकाको भन्दा कमजोर देखिन्थो । तर, ‘खुस्मा’को हकमा भने ठिक विपरित देखिएको वितरक शाहीको भनाई छ । विभिन्न हलमा अनलाइन टिकट बुकिङ साइट हेर्दा पनि वितरक शाहीको दाबी पुष्टी हुन्थ्यो ।

फिल्मले मोफलका पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, बिराटनगर, धरान, इटहरी, दमक र विर्तामोड लगायतका शहरमा विहानी हाउसफूल व्यापार गरेको थियो । काठमाडौं उपत्यकामा भने दिउँसो १२ बजेपछिका शोमा दर्शकको चाप देखिएको भनाई वितरक शाही थियो । काठमाडौं उपत्यकाका हलमा दर्शकको चाप देखिएपछि सिनेमाका मुख्य कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

प्रदर्शनरत फिल्म ‘खुस्मा’मा दर्शकहरूले आफ्नो कामलाई निकै रुचाएकोमा अभिनेता धिरज मगर खुसी देखिए । ‘काठमाडौंसहित सबैतिर तेस्रो दिन पनि हाम्रो सिनेमा ‘खुस्मा’ हाउसफुल हुँदा खुसी लागेको छ । प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसका लागि म दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

 

अभिनेत्री उपासना सिंह ठकुरीले पनि दर्शकबाट ‘खुस्मा’लाई सोचेकोभन्दा राम्रो प्रतिक्रिया मिलिरहेको बताइन् । ‘हामीले सोचेकै थिएनौं कि यति राम्रो प्रतिक्रिया मिल्छ होला भनेर । अधिकांश दर्शकले त मलाई भेटेर हामीलाई धेरै रुवाउनुभयो भनेर भन्नुभएको छ,’ उनले खुसी हुँदै भनिन्, ‘जसरी हामीले सिनेमाको कथा भन्ने प्रयास गरेका छौं, त्यसलाई दर्शकले रुचाइदिनु भएकाले पनि धेरै खुसी लागेको छ । कतिले त सिनेमाको सिक्वेल चाहिन्छ समेत भन्नुभएको छ । यो नै हाम्रो सिनेमाको सवैभन्दा ठुलो सफलता हो भन्ने लाग्छ ।’

 

एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha