निर्माता सेनको ‘बलिदान’ मा अभिनेत्री शर्मा अनुबन्धित
निर्माता सन्तोष मेगा प्रोजेक्ट ‘बलिदान’को मुख्य भूमिकामा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छन् । निर्माता सेन र अभिनेत्री शर्माबिच कागजी सम्झौता भैसकेको छ । बलिदानको मुख्य भूमिकामा नव नायक समिर भट्ट मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् ।
समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । यता अभिनेत्री शर्माले निभाउने भूमिकाको विषयमा भने सेनले खुलाएका छैनन् । यद्यपि फिल्मको प्रमुख भुमिका रहेको उनले बताए । फिल्म आगामी वर्ष २०८१ मा रिलिज हुँदैछ ।
आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।
’बलिदान’को टिजर रिलिज भैसकेको छ । निर्माण घोषणासँगै फिल्मको चर्चा राम्रो छ ।