find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘द रेड सुटकेस’ को मंगलबार विशेष शो

फिल्म ‘द रेड सुटकेस’ को मंगलबार विशेष शो आयोजना गरिएको छ । मंगलबार बेलुका काठमाडौंमा आयोजित शोमा फिल्मकर्मी तथा राजनीतिज्ञहरुको उपस्थिति थियो । फिल्म यही चैत ३० गतेबाट नेपालका सिमित हलहरुमा रिलिज हुँदैछ ।

प्रिमियर शोपछि अग्रज फिल्मकर्मी नीर शाहले आफुले स्थापना गरेको कलेज आफ फिल्म स्टडिजबाट फिल्ममा ग्राजुएसन गरेका फिडेल देवकोटा पहिलो देखि नै फरक प्रतिभाका व्यक्तित्व भएको बताए । ,‘आज यति सुन्दर नेपाली चलचित्र बनाएर अन्तराष्ट्रिय बजारमा फिडेलजीले द रेड सुटकेस मार्फत नेपाललाई चिनाउँदा मलाई गौरव लागेको छ । यस्ता चलचित्र नेपालमा अत्यन्त कम बन्ने भएकाले द रेड सुटकेस जस्ता चलचित्रलाई हामी सबैको साथ हुनुपर्छ ।’ सँधै व्यावसायिकता मात्र नहेरी विश्वले महत्व दिएको यस्ता फिल्मलाई प्रदर्शन गरेर सहयोग गर्न पनि उनले चलचित्र घरका सञ्चालकलाई अपिल गरे ।


कार्यक्रममा साँसद रघुजी पन्तले पनि आफुले अहिलेसम्म हेरेको नेपाली चलचित्र भन्दा द रेड सुटकेस पपृथक चलचित्र भएको बताए । यही पृथक भएर नै यसले अन्तराष्ट्रिय महोत्सबहरुमा विभिन्न अवार्ड जित्न सफल भएको पनि उनले बताए,‘यस्ता सिनेमा बन्नु आफैंमा मुख्यकुरा भए पनि हामीले हेरेर अर्को सिनेमा निर्माणको वातावरण बनाईदिनु पर्छ ।’ उनले भने ।

यस्तै पूर्व शिक्षामन्त्री अशोक कुमार राईले आफुले धेरैलामो समयपछि राम्रो चलचित्र हेर्ने अबसर पाएको बताए,‘द रेड सुटकेस मेरो सोच भन्दा फरक चलचित्र रहेछ ।’ उनले भने ।
लेखक बुद्धिसागरले यो चलचित्रमा आफ्नो गीत रहेको जानकारी गराउँदै फिल्मको स्कृप्ट पढेरै आफु यो चलचित्रप्रति आकर्षित भएको बताए,‘यस्तो अन्तराष्ट्रिय स्तरको चलचित्रमा गीतकारको रुपमा जोडिन पाउनुलाई मैले आफ्नो सौभाग्य मानेको छु ।’ उनले भने ।

यो चलचित्र हेरेपछि यसका अभिनेता विपिन कार्कीले सञ्चारकर्मीसँग भने,‘यस अघि भेनिस फिल्म फेस्टिबलमा यो चलचित्र हेरेको थिएँ तर आज नेपालका दर्शकमाझ हेर्दा उहाँहरुको प्रतिक्रियाले फरक अनुभव भयो ।’ आम चलचित्र भन्दा निकै फरक भएकै कारण यस्ता चलचित्रका निर्माताहरुलाई प्रोत्साहन गर्नुपछ भनेर आफुले द रेड सुटकेसमा विना पारिश्रमिक काम गरेको पनि उनले बताए,‘यो चलचित्र गर्ने समयमा मैले व्यबसायिक सिनेमा गर्दा राम्रो पारिश्रमिक पाउँथे । तर यस्तो चलचित्र जीवनमा कमै खेल्न पाईने भएकाले पनि मैले अरु चलचित्र छाडेर द रेड सुटकेशलाई महत्व दिएँ ।’ बिपिन अभिनित फिल्म महाजात्रा पनि हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ ।

अभिनेत्री मिरुना मगरले द रेड सुटकेस क्लासिक चलचित्र बनेको बताईन्, ‘मलाई यसमा रहनु भएका कलाकारहरुको काम देखेर साह्रो लोभ लाग्यो । टिमकै यसमा उच्च कोटीको काम रहेको छ ।’

यस्तै शिक्षाविद् केदारभक्त माथेमा, कवि विप्लव प्रतीकलगायतले पनि यो चलचित्रको प्रसँसा गरे । अभिनेत्री करिश्मा श्रेष्ठले यस्ता चलचित्रमा काम गर्ने तिब्र इच्छा आफ्नो पनि रहेको बताउँदै आफुले सेचेको भन्दै निकै माथिको चलचित्र द रेड सुटकेस बनेको छ भनिन् ।

निर्देशक फिडेल देवकोटाले विशेष शोमा अतिथिहरुको सुखद प्रतिक्रियाले आफुलाई निकै हौसला मिलेको छ भने,‘मैले आफ्नो सोचाईलाई चलचित्रमा उतारेको हुँ । यो चलचित्र हरेकलाई फरक फरक लाग्न सक्छ र हरेक प्रतिक्रिया स्विकार्य छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha