find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘डिग्री माइला’को अग्रिम टिकट बुकिङ खल्यो, देशभर उच्च शो

नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘डिग्री माइला’ अग्रिम टिकट बुकिङ खुला गरिएको छ । फिल्म देशभरका हलहरुमा सार्वधिक उच्च शो प्राप्त गरेको छ । शो संख्याका आधारमा फिल्मले बर्षकै सर्वाधिक ओपनिङ गर्न सक्ने अपेक्षा बढेको छ ।


फिल्मले देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशभर ९७ शो पाएको छ भने क्यूएफएक्सले ५८ शो दिइसकेको छ । यसमा अझ शो संख्या थपिने अनुमान छ । अभिनेता दयाहाङ राईको शिर्ष भूमिका रहेको फिल्मले हालसम्म देशभर कुल एक सय ५५ शो पाइसकेको छ । भोलिसम्म यो संख्या अझ बढ्ने देखिन्छ । फिल्मका वितरक गोविन्द शाहीले फिल्मले शुक्रबार र शनिबार गरेर झण्डै पाँच करोड व्यापार गर्ने अनुमान गरेको बताए ।

शाहीका अनुसार फिल्मले शुक्रबार २ करोड ५० लाख माथि र शनिबार ३ करोड बढिको व्यापार गर्ने अनुमान गरिरहेको जानकारी दिए । यसअघि रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी-४’ले रिलिजको पहिलो शनिबार ३ कोरड बढिको व्यापार गरेको बताउँदै सिनेमाको हाइप अनुसार यो आँकडा अनुमान गरिएको बताए ।

ट्रेलर रिलिज भएयता दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । वर्षको सुरुवातमा ‘जारी’ले ल्याएको व्यापारिक उछाललाई ‘डिग्री माइला’ले पनि सुखद् अन्त्य दिने रुझान देखाएको छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । फिल्ममा दयासँगै अभिनेत्री आँचल शर्मा, कलाकारहरु माओत्से गुरुङ, प्रकाश घिमिरे, बिजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha