find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

’डिग्री माइला’को बिहिबार भव्य प्रिमियर, शुक्रबार देशभर

रामबाबु गुरुङ निर्देशित फिल्म ’डिग्री माइला’ शुक्रबारबाट देशभरका हलहरुबाट प्रदर्शनमा आएको छ । फिल्ममा अभिनेता दयाहाङ राईले शिर्ष डिग्री माइलको भूमिका निर्वाह गरेका छन् । फिल्मको बिहिबार राजधानीमा भव्य प्रिमियर शो सम्पन्न गरिएको थियो ।


भव्य रुपमा आयोजित सिनेमाको प्रिमियर हेर्न नेपाली फिल्मीकर्मी, कलाकार, पत्रकार तथा नेता बिग मुभीज पुगेका थिए। प्रिमियरमा बिग मुभिजका तीनवटै हल भरिभराउ थिए। हलभित्र ज्यादा भीड नहोस् भने निर्माण पक्षले सिनेमा प्रिमियरको औपचारिक समारोह बाहिर रहेको फुड कोटमा गरेको थियो ।


सिनेमालाई लिएर ’डिग्री माइला’ युनिट त उत्साहित छँदै थिए, प्रिमियरमा पुगेका निम्तालुहरुमा पनि सिनेमालाई लिएर कम उत्सुक्ता थिएन। उनीहरु सबै सिनेमा हेर्न उत्साहित देखिन्थे । सिनेमा हेरेपछि ’जारी’मा दयाहाङको जोडी बनेकी अभिनेत्री मिरुना मगरले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिइन् ।

’एकदमै राम्रो लाग्यो मलाई। सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाहरुले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन् । उनले अभिनेत्री आँचल शर्माको प्रशंसा गरिन्।

’आँचलजीको काम एकदमै रिफाइन लाग्यो । पूरा टिम हेर्दा आफ्नै लाग्यो तर आफूलाई मिसचाँहि गरिन’, उनले थपिन्।
मिरुनासँगै फ्रेममा रहेकी अभिनेत्री लुनिभा तुलाधरले ’डिग्री माइला’ टोलीका लागि सम्मान व्यक्त गरिन् । उनले हसाउँन माहिर भन्दै निर्देशक रामबाबु गुरुङको प्रशंसा गरिन् ।

’उहाँले राम्रो राम्रो कलाकारहरुलाई व्यवस्थापन गरेर एक ठाउँ राखेर निर्देशन गर्नुहुन्छ। उहाँसँग त्यो कला छ। एउटा निर्देशक राम्रो व्यवस्थापक हुनुपर्छ। यसका लागि मैले सम्मान गर्नैपर्छ’, उनले भनिन्।

उनले नयाँ वर्षमा हेर्नलायक सिनेमामा भएको जनाउँदै सिनेमामा दर्शकहरुले आफूलाई जोड्नसक्ने बताइन्।
यसैगरी ’लुट’ अभिनेत्री श्रृजना सुब्बाले सिनेमाको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबलौं जस्तो लागेको बताइन्।

’एकदमै मन कस्तो भारी भइराख्यो। रामबाबुको राम्रो पक्षचाँहि एकदमै गहन कुराहरुलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउने तरिका एकदमै राम्रो छ। कबड्डीमा जुनप्रकारको थियो, त्यो हिट पनि भयो। योचाँहि मलाई झन् एकदमै मनपर्‍यो। उहाँ काममा बढोत्तरी भइरहेको पाएं’, उनले भनिन्।
यस्तै उनले दयाको काम र भूमिकाको तारिफ गरिन्।

’म दयालाई यस्तै क्यारेक्टरमा हेर्न चाहन्थे। उसको यस्तो पात्रहरु भइदियोस जस्तो लाग्थ्यो। अरु सबैको काम मनपर्‍यो। मलाई एकछिन नबोलुँम नबोलूँम जस्तो बनायो।’

यसैगरी सिनेमाका शीर्ष पात्र दयाहाङ पनि सिनेमासँग खुशी देखिए। उनले पूरै सिनेमा आफूले पनि पहिलोपटक हेरेको बताउँदै सबै कलाकारको अभिनय मनपरेको भने। ’मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोशिस गरें । हामीले जो मेहेनत गर्‍या छटं, त्योचाँहि छर्लगै देखिन्छ’, उनले भने।

दयाले ’डिग्री माइला’को कथा ’कबड्डी’ सिरिजभन्दा धेरै अगाडिको योजना भएको स्मरण गर्दै ’कबड्डी’को प्रभावबाट निर्देशक रामबाबु पर रहेको र कथा वाचन फरक भएको बताए। अभिनेत्री आँचलले आफूलाई सिनेमा मनपरेको बताइन्।
दयाले अभिनेत्रीका हिसाबले आँचलको तारिफ गरें।

’मचाँहि खुशी छु, पहिलोपटक स्क्रिन साझा गरिरहँदाचाँहि मैले उसको अभिनयमा परिपक्वता छर्लगैं देखिन्छ’, दयाले भने।
यसैगरी संगीतकार चेतन सापकोटाले फिल्म हेरिरहँदा मनोरञ्जन लिएको भन्दै प्रशंसा गरे भने वरिष्ठ अभिनेता शिव श्रेष्ठले राम्रो सिनेमा बनेको भन्दै तारिफ गरे।

अभिनेता मुकुन भुसालले पनि राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए भने उनको छवैमा रहेका संचारकर्मी दिनेश डिसीले सिनेमामा राबबाबु गुरुङ तथा दयाहाङको ब्राण्ड देखिएको बताउँदै सिनेमाको कन्टेन्ट शिक्षाप्रद रहेको धारणा राखे।
यस्तै एमाले नेता एवम् संघीय सासंद रघुजी पन्तले समंग्रमा सिनेमामा मनोरञ्जक रहेको र सिनेमाले सन्देश पनि बोकेकाले आफूलाई मनपरेको बताए।

’शैक्षिक संस्थाहरुमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रीरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ। टिपिकल रामबाबुको फिल्म हो। उनको स्टाइल हो।’, उनले भने।

यसैगरी उनले डिग्री माइलाहरु देशमा धेरै भएको भन्दै उनीहरुलाई देश छोडेर नजानसमेत आग्रह गरे।
यसैगरी उनीहरुका अलावा प्रिमियरमा अभिनेत्री प्रियंका कार्की आफ्ना अभिनेता पति आयुष्मान देशराज श्रेष्ठ र आमासँग पुगेकी थिइन्।

उनका अलावा निर्मात्री निर्देशक एवं कलाकार दीपाश्री निरौला, अभीनेता निर्मल शर्मा, कर्मा, नरेन खड्का, हास्य कलाकारहरू पवन भट्टराई(म्याकुरी), सुन्दर भट्टराई, विल्सन विक्रम राई लगायतका थिए। उनीहरु सबैले सिनेमाको विषयवस्तु र कलाकार मनपरेको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha