पल शाह ‘रावायण’का लागि एक्सन सिक्दै
अभिनेता पल शाह फिल्म ‘रावायण’मा एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । जस्को लागि पल विगत एक सातादेखि द्धन्द्ध निर्देशक श्री श्रेष्ठले कक्षा लिइ रहेका छन् ।
पल अभिनित पछिल्लो पटक फिल्म म यस्तो गीत गाउँछु २ प्रदर्शनमा आएको थियो । दुई बर्षयता पल फिल्ममा देखिएका छैनन् । लामो समयको अन्तरलामा दर्शकले उनको भिन्न छविमा देख्न पाउने भएका हुन् । पलको ‘रावायण’ अगाडी पूजार सार्की जेठ १० गते प्रदर्शनमा आउँदैछ ।
२०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ बैशाखबाट छायांकनमा जाँदैछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । फिल्मको मुख्य कलाकारहरुमा पल र पूजासंगै प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।
फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ । फिल्नको संगितको सम्पूणर् काम मुम्बईमा गरिएको छ ।