find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पल शाह जापान पुगे : ‘पुजार सार्की’प्रति दर्शकको क्रेज

नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ‘पुजार सार्की’ को जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ । जापानमा नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक पन्ध्र सय बढी दर्शकले फिल्म हेरेका हुन् ।


पुजार सार्कीको उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए । नाकानो जेरो हलमा भएको शो मा नै बसेर पहिलो पटक अभिनेता शाहले यो फिल्म हेरे । नेपालमा रिलिज भएको समयमा अर्को फिल्मको छायाङ्कनमा व्यस्त रहेको र छोटो समयको लागि काठमाडौं रहेकोले उनले ‘पुजार सार्की’ हेर्न पाएका थिएनन् । अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त शो को भिडियो र फोटोहरू भाइरल भइरहेका छन् । भिडियो र फोटोमा दर्शकको संख्या उल्लेख्य देखिएको छ ।

मुख्य आयोजक खिमराज शाहले जापानमा ‘पुजार सार्की’ले इतिहास कायम गरेको बताए । उनी भन्छन्, “यहाँ यो फिल्मको ऐतिहासिक शो सम्पन्न भयो । उत्कृष्ट प्रतिक्रिया पनि पायौँ । पल शाहले निकै भएको रहेछ आफ्नो फिल्म हलमा नहेरेको । निकै उत्सुक हुनुहुन्थ्यो । फिल्म हेर्दा उहाँ भाव विह्वल हुनुभयो । उहाँ आफैँले एक गीतमा नृत्य समेत गर्छु भनेर स्टेज चढ्नुभयो । संसारभरका दर्शकले ‘पुजार सार्की’ लाई दिएको प्रेमलाई पलले धन्यवाद व्यक्त गर्नुभयो।”


बिहीबार रिलिज भएदेखि नै ‘पुजार सार्की’ले ब्लकबस्टर व्यापार गरिरहेको छ । पलले रिलिजको पहिलो दिन बिहीबार मध्यान्हदेखि काठमाडौंका विभिन्न हल भिजिट गरेर जापान तर्फ लागेका थिए । दिनेश राउतले निर्देशन गरेको यो फिल्ममा पल सहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha