पूजा शर्माको ‘दान्भी’ पावरप्याक्ड ट्रेलर रिलिज
अभिनेत्री पूजा शर्माको शिर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को ट्रेलर रिलिज गरिएको छ । असार ७ गतेबाट प्रदर्शन हुने फिल्मको प्रोमो पावरप्याक्ड छ । ट्रेलर हेर्नुस् :
रुपेश तामाङ निर्देशित फिल्म दान्भी बाट मोडल कुन्साङ बोम्जनले नायकको रुपमा डेव्यु गरेका छन् । साथमा कलाकार किरण श्रेष्ठ लगायत अन्य कलाकारहरुको फिल्ममा अभिनय छ । जुना फिल्मस्को ब्यानरमा निर्माण भएको दान्भीमा पवन रानामगर कार्यकार निर्माताको रुपमा रहेका छन् भने अभिनेत्री शर्मालाई लेडी टाइगरको उपमा दिइएको छ ।
फिल्म ‘दान्भी’मा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माता छन् ।
फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।