find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पुजार सार्की’ हेरेपछि नेताहरू भन्छन्, ‘फिल्मले झस्कायो’

राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत फिल्म ’पुजार सार्की’ हेर्न आह्वान गरेको छ । निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै आयोगले सबैलाई फिल्म हेर्न आह्वान गरेको हो ।


आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता-प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको रहेको जनाएको छ । विज्ञप्तिमा यो फिल्मले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले फिल्म हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन सबैमा अनुरोध गरिएको छ ।


“अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र अन्य कानुनद्वारा समेत वर्जित मानिएको जातीय छुवाछुत, भेदभाव तथा बहिष्करणबाट सिर्जित परिस्थितिको अन्त्य गर्नु सबै सभ्य मानिसहरूको कर्तव्य हो । मानव मानवका बिच अन्तर घुलनका लागि स्वैच्छिक जोडीहरूको विवाहलाई प्रोत्साहन र संरक्षण गर्न जरुरी छ,“ पत्रमा भनिएको छ, “चलचित्र ’पुजार सार्की’मा देखाइए जस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ। शिक्षित र सभ्य मानिसहरूलाई यो गम्भीर प्रश्न पनि हो। सभ्य मानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यता हो। चलचित्र ’पुजार सार्की’ले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ। नेपालका जातीय रूपमा अपमानितहरूले वरण गरिरहेका शब्दहरू आफै अङ्गीकार गर्ने सन्देश चलचित्रले बोकेको छ। यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता-प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको छ। यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन राष्ट्रिय दलित आयोगको तर्फबाट सबैमा अनुरोध गर्ने सन्देश यहाँ समक्ष पठाइएको ब्यहोरा अनुरोध छ।“

लेखक विकास सुवेदीले राज्यको कुनै निकायले नेपाली फिल्मलाई यसरी सम्बोधन गरेको पहिलो पटक भएको बताए । “यो फिल्मले राज्यले नै बोल्नुपर्ने विषय बोलेको छ। चलचित्रले संविधानमा समावेश भएकै एजेन्डा बोलेको तथा दलितको आन्दोलनमा ऐक्यबद्धता जनाएको हुँदा आयोग आफैँले ’पुजार सार्की’ हेर्न आह्वान गरेको हो भन्ने मलाई लाग्छ । नेपाली फिल्मको लागि यो पहिलो घटना हो । राज्यले फिल्मको माध्यमबाट सूचना प्रवाह गर्न खोजेको इतिहास थिएन,“ सुवेदीले भने, “राज्यले पञ्चायत कालमा आफ्नो प्रचारको लागि फिल्म बनाउन लगानी गर्थ्यो । निजी क्षेत्रमा आइसकेपछि पहिलो पटक यो विशेष चलचित्र हो भनेर विज्ञप्ति नै जारी गर्नु सुखद् हो ।“

’पुजार सार्की’का निर्देशक दिनेश राउतले यो फिल्म बनाउँदा केवल व्यावसायिक उद्देश्य मात्रै नराखी दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि निर्माण भएको बताए । उनले भने,“यो फिल्म दलित मुक्तिको आन्दोलनको एक हिस्सा हो । यसलाई हामीले नेपालका हरेक वस्तीमा पुर्‍याउने छौँ। संसारभरका नेपालीमाझ पनि पुर्‍याइरहेका छौँ।“

गत बिहीबार रिलिज भएको ’पुजार सार्की’ दोस्रो हप्तामा प्रदर्शनरत छ । देशभर करिब २८० शो सहित प्रदर्शन सुरु भएको यो चलचित्रले दोस्रो हप्ताको पहिलो दिन करिब २५० शो सङ्ख्या प्राप्त गरेको थियो । दोस्रो हप्तामा यो शो संख्या ऐतिहासिक रहेको वितरक रोहित कट्टेलले बताए । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha