स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’पोस्टरको प्रशंसा
अभिनेत्री स्वस्तिमा खड्काको शिर्ष भूमिका रहेको फिल्म बेहुली फ्रम मेघौलीको शनिबार अफिसियल पोस्टर रिलिज गरिएको थियो । स्वस्तिमा सोलो रुपमा प्रस्तुत उक्त फिल्मको पोस्टरलाई रुचाइएको छ ।
पोस्टरमा स्वस्तिमा बेहुली रुपमा ट्याक्टरमाथि बसेर कराउँदै गरेको अनुमान गर्न सकिन्छ । पोस्टरले फिल्मको कथा र पात्रप्रति कौतुहलता जगाएको छ । स्वस्तिमाको नयाँ फिल्मको पोस्टरलाई सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया सहित धेरैले सेयर गरिरहेका छन् ।
फिल्म ‘बेहुली फ्रम मेघौली’बाट अभिनेत्री खड्का निर्माताको रुपमा पनि डेव्यु भएकी छन् । साथमा निर्देशक निश्चल बस्नेत निर्माता र कलाकारको रुपमा रहेका छन् । फिल्मको लेखन तथा निर्देशक साजन काफ्ले र आकाश बरालले संयुक्त रुपमा गरेका छन् ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को संयुक्त निर्माण रहेको फिल्मको शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता हुन् । बेहुली फ्रम मेघौलीको प्रदर्शन मिती दशैं २०८१ तोकिएको छ ।