find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पल शाह नेपालगन्जमा घेरिए, शनिबार रेकर्ड ब्रेक !

’पुजार सार्की’का अभिनेता पल शाहलाई नेपालगन्जमा दर्शकद्वारा भव्य स्वागत भएको छ । त्यहाँका सिनेरोयल र क्यूएफएक्स फिल्ममा उनी आउने जानकारी पाएका दर्शकले घण्टौँ अगाडीदेखि पर्खेर बसेका र पलको प्रवेश हल परिसरमा दर्शकको उत्साह थपिएको थियो ।

नेपालगन्जका हलहरूमा हाउसफुल दर्शकहरू रहेपछि पल दिनभर नेपालगन्जमा नै बसेका थिए । उनले आफूले सबै दर्शकलाई भेटेरै मात्र त्यहाँबाट फर्किने बताए । उनले सिनेरोयलमा रहेको राती ९.१५ बजेको अन्तिम शो का दर्शकलाई समेत भेट गरे । शनिबार सिनेरोयलमा प्राप्त आठ वटा शोमा मध्यान्हसम्मका सबै शो हाउसफुल भए । मध्यान्हपछिका शोहरूमा समेत फिल्मको सबै टिकेक बिक्री भएका थिए ।


पलसँगै निर्देशक दिनेश राउत पनि नेपालगन्ज पुगे थिए । सफलताका साथ दोश्रो सातामा चलिरहेको आफ्नो फिल्म हेर्न आएका सयौँ दर्शकमाझ पुग्दा पाएको सुखद प्रतिक्रियाबाट राउत निकै खुसी देखिए । हाउसफुल दर्शकमाझ उभिएका राउतले आफ्नो फिल्मको व्यावसायिक सफलता दिलाउने दर्शकलाई धन्यवाद व्यक्त गरे । दर्शकले फिल्म राम्रो रहेको प्रतिक्रिया पाइरहेको उनले बताए ।

सिनेरोयलमा आयोजित पत्रकार भेटघाटमा अभिनेता शाहले सकेसम्म नेपाल र विदेशमा रहेका सबै दर्शकमाझ पुग्ने आफ्नो चाहना रहेको बताए । “देश विदेशका दर्शकहरूबाट हामीलाई निम्तो आइरहेको छ । म भर्खरै जापान पनि पुगेर आएँ । अहिले हामी पश्चिम नेपालका दर्शक भेटिरहेका छौँ । बिस्तारै हामी अन्य स्थानहरूमा पनि पुग्नेछौँ,“ शाहले भने ।

गत बुधवार आदर्शनगरस्थित सिनेरोयल हलमा नेपाली फिल्मको रेकर्ड नै ब्रेक भएको हलका सिओओ रितेश श्रेष्ठले बताए । दश महिना अघि सञ्चालनमा आएको यो हल सञ्चालन भएदेखि गत बुधवार ’पुजार सार्की’ले प्राप्त गरेको छ वटा शो मा सबै टिकट बिक्री भई ऐतिहासिक रेकर्ड राखेको श्रेष्ठले बताए । “हिन्दी फिल्म बढी हेरिने क्षेत्रमा खुलेको यो हलमा नेपाली फिल्मको लागि यो भन्दा बढी खुसीको कुरा अरू के होला र ? ’पुजार सार्की’ले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाली फिल्मको विकासले हामी हल सञ्चालकलाई खुसी दिलाएको छ,“ श्रेष्ठले बताए ।

फिल्म ‘पुजार सार्की’मा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली र परिक्षा लिम्बुको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha