find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

“लण्डन टु पेरिस’मा सबैको रोल महत्वपूर्ण’ : निर्देशक

फिल्म ‘लण्डन टु पेरिस’ यही जेठ २५ गतेबाट प्रदर्शनमा लिएर आउँदैछन् । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लण्डन टु पेरिस’ भने बेलायतको लण्डनमा छायांकन गरेका छन् । किन त ?


निर्देशक लामिछानेको बुझाईमा ‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिए पनि त्यसको कथावस्तु भने नेपाली परिवेशकै छ । ‘लण्डन टु पेरिस हाम्रै कथा हो । नेपाली डायस्पोराको कथा हो । लण्डनमा बस्ने नेपाली युवाको कथा हो । हाम्रो बुझाईमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो । शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौं । बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो’, घनश्याम भन्छन्, ‘मुलुक बाहिर बस्ने युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर नै हामीले यो सिनेमा बनाएका हौं । मैंले हिजोको दिनमा गाउँकै कथा दर्शकलाई देखाएँ । तर आज अलिक फरक परिवेशमा नेपाली कथा नै देखाउँदैछु ।’


घनश्याम फिल्म हेरिरहँदा दर्शकले कथा बाहिर गए जस्तो नलाग्ने दाबी गर्छन् । ‘सिनेमाका पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्न सक्नुहुन्छ । फिल्म अलिकति लार्जर देन लाइफ छ । अहिले हामी एउटै फ्लेभरका सिनेमा हेरेर दिक्क भइसकेका छौं । त्यसकारण दर्शकलाई ‘लण्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ’, घनश्याम भन्छन् ।

घनश्यामलाई नेपाली समाज, संस्कृति, भुगोलसँग जोडिएर काम गर्दा आनन्दको अनुभव हुँदो रहेछ । अझ राम्रो कलाकार र स्क्रिप्ट भएमा त्यसले आफूलाई झन खुलेर काम गराउने वातावरण दिने उनको बुझाई छ । ‘राम्रो कलाकार र स्क्रिप्ट छ भने त्यसले मलाई चुनौती वा जोखिम दिँदैन । सही समयमा सही कास्टिङ गर्न सकियो भने चुनौति र जोखिम केही हुँदैन’, घनश्यामको भनाइ छ ।

उनले फिल्मको कथा अनुसार नै मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्ध गर्न केही समय लागेको खुलाए । ‘फिल्मको कथा अनुसार साम्राज्ञी फिट थिइन् । त्यसकारण केही समय पर्खिएर भए पनि हामीले उनलाई फिल्ममा लियौं । हाम्रो फिल्ममा प्रेम र धोका दुवै छ, तर त्यसको प्रस्तुतीकरण फरक छ’, उनी भन्छन् ।

उनले कथालाई फिल्मका ६ कलाकारले नै ‘लिड’ गर्ने बताए । ‘फिल्मको कथा यति पावरफूल छ कि दर्शकलाई त्यसले कनेक्ट गर्न सक्छ । हामीले सिनेमाको कथा भन्दा पर गएर खिचेका छैनौं । जे चाहिने हो त्यही खिचेका छौं,’ उनले भने ।

फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha