‘दिमाग खराब’बाट स्वस्तिमालाई लगातार दुई पुरस्कार
अभिनेत्री स्वस्तिमा खड्काले लगातार दुई पुरस्कार प्राप्त गरेकी छन् । शुक्रबार र शनिबार राजधानीमा सम्पन्न दुई अवार्ड समारोहमा स्वस्तिमाले फिल्म ‘दिमाग खराब’बाट उक्त अवार्ड पाउन सफल भएकी हुन् ।
स्वस्तिमाले एलजी सातौं सिने सर्कल अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् भने गोपिकृष्ण राष्ट्रिय फिल्म पुरस्कारमा पनि उनी उत्कृष्ट ठहरिइन् । गत सालको सफल फिल्म ‘दिमाग खराब’बाट स्वस्तिमा लगातार दुई अवार्ड समारोहमा उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् । सोही फिल्मबाट सिने सर्कल अवार्डमा निर्देशक निश्चल बस्नेतले अवार्ड प्राप्त गरेका थिए । यो अवार्डमा ‘दिमाग खराब’को बर्चश्व रह्यो । अभिनेतामा फिल्म ‘अगस्त्य’बाट सौगात मल्ल उत्कृष्ठ बने ।
यता गोपिकृष्ण राष्ट्रिय फिल्म पुरस्कारमा भने फिल्म ‘महाजात्रा’को वर्चश्व रह्यो । यो फिल्मबाट निर्देशक प्रदीप भट्टराई, अभिनेता बिपिन कार्की लगायत अन्य केही विधामा उत्कृष्ट घोषित भए ।