find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ज्वाइँ साब’मा जोडिए ‘जिरे खुर्सानी’का ‘जिरे’

फिल्म ‘ज्वाइँ साब’मा कलाकार इशान राउत पनि जोडिएका छन् । हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा बाल-कलाकारको रुपमा अभिनय गरेपछि इशानको चर्चा निकै चुलिए । आम दर्शकले उनलाई ‘जिरे’ उपनामले समेत चिनेका थिए ।

तर, उनी लामो समयदेखि मिडियामा देखिएका थिएनन् । अब उनी बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘ज्वाइँ साब’मा देखिदैछन् । रोचक कुरा त के छ भने, यो फिल्मको शिर्ष भूमिकामा जीतु नेपालले अभिनय गरिरहेका छन् । जीतुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए । बाल-कलाकारको रुपमा स्थापित भएका इशान अब ठूलो भइसकेका छन् ।

उनको फिल्ममा कस्तो भूमिका रहनेछ भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, फिल्ममा उनलाई र जितु नेपाललाई एकसाथ देख्दा दर्शकको ध्यान पक्कै पनि तानिन सक्दछ । २० दिन चित्लाङमा खिचेर यसको निर्माणपक्ष सौराहा र इलाम पुग्नेछ । फिल्ममा जितुको जोडीको रुपमा नायिका नीति शाहले अभिनय गरिरहेकी छिन् ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो फिल्मलाई तिहारमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ । यो फिल्ममा बुछि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ ।

 

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । फिल्मको यतिबेला मकवानपुरको चित्लाङमा छायांकन भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha