find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘गाउँ आएको बाटो’ की संगीतकार नेपाल किन आइन् ?

फिल्म ’गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यो फिल्ममा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन् । उनी इटालीबाट सोमबार अन्र्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।


फिल्मको एक पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी सिनेमाको गीतमा संगीत भर्न नेपाल आएकी थिइन् । फिल्म गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् । यो उनको तेस्रो नेपाल भ्रमण हो । हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन् ।

फिल्म छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन् । फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ । उनी आफूले संगीत गरेको नेपाली सिनेमाको प्रतिक्रिया लिन उत्साहित छिन् । ’यो सिनेमा धेरै अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा देखायौं । यो सिनेमा जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर फिल्म हेर्न निकै उत्साहित छु, ’हाइडीले भनिन्, ’म नेपाली होइन । तर, पनि मैंले नेपालको यस्तो फिल्ममा संगीतदेखि पाश्र्व ध्वनीमा काम गरें । मैंले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।’

नविन सुब्बा निर्देशित फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रशन राईको मुख्य भूमिका छ । विभिन्न अन्र्तराष्ट्रिय महोत्सवहरुको सफल यात्रा पश्चात् ‘गाउँ आएको बाटो’ यो शुक्रबार जेठ २५ गतेबाट नेपालका फिल्महरुबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha