भिडियो पसलमा प्रदीप खड्काको ‘प्रकाश’ रिलिज
अभिनेता प्रदीप खड्काको खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित प्रदीपले यो फिल्मबाट प्रशंसा र पुरस्कार प्राप्त गरेका छन् ।
विदेशमा नायक प्रदीप खड्काको राम्रो क्रेज रहेको र धेरैले उनको फरक अभिनय हेर्न चाहेकोले पनि फिल्म ’प्रकाश ’ राम्रो खुराक बन्नेमा भिडियो पसल टिम आशावादी देखिन्छ । दिनेश राउत निर्देशित प्रकाश मा कणर्ालीको रहनसहन र जीवनशैली प्रस्तुत गरिएको छ । फिल्ममा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा देखाइएको छ । प्रकाश मा प्रदीप र दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी साथै वेभसाइट www.videopasal.com मा पनि फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २ .९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई द्धप् गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे, गुगल पे, मेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।
२०१७ देखि सञ्चालनमा रहेको भिडियोपसलमा ’प्रकाश’का अलावा ’एक भागवत गीता’, ’ऐँचो पैँचो’, ’छक्का पन्जा ४’, ’झिङ्गेदाउ’, ’मन्त्र’, ’लाखे’ लगायतका फिल्महरू हेर्न सकिन्छ । एपमा फिल्म सँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।