find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दयाहाङ राई ‘गाउँ आएको बाटो’प्रति आशावादी

अभिनेता दयाहाङ राई आफ्नो नयाँ फिल्म गाउँ आएको बाटोप्रति आशावादी देखिएका छन् । यद्पी धेरै अपेक्षा र निश्चित माइन्डसेट बनाएर भने फिल्म हेर्न जान नहुने दयाहाङको धारणा छ ।

‘यो फिल्म विदेशी महोत्सवमा पनि गयो । विश्वभरका दर्शकले रुचाए पनि । त्यसैले यहाँ पनि दर्शकले रुचाउनुहुन्छ भन्ने लाग्छ,’ दयाहाङ भन्छन्, ‘यो सिनेमा विदेशमा विभिन्न लेयरमा कथा भएकाले रुचाइयो । जस्तै बाउ र छोरोको कथा एउटा लेयरमा छ । अर्को लेयरमा गाउँमा सडक पुगेपछिको त्यसको असरको कथा छ ।’


आम नेपालीले देखेको र भोगेको कथा हुनु र त्यो पनि सामान्य तरिकारले बुझिनेगरी भनिएकाले दर्शकले सिनेमा मनपराउने उनको तर्क छ । हरेक सिनेमा आफैँमा फरक हुने भएकाले एउटासँग अर्को तुलना नहुने उनको जीकिर छ । त्यसैले यो सिनेमा यस्तो र यतिसम्म होला भनेर हेर्न जानुभन्दा पनि स्वदेशी बजारका लागि बनाइएका जस्तै गरेर हेर्न जानुपर्ने उनको धारणा छ ।


‘गाउँ आएको बाटो’मा दयाहाङ ‘राई माइला’को भूमिकामा छन् । उनको क्यारेक्टर गाउँमा डोका, डाला, मान्द्रा, चित्रा, नाङ्ला बनेर बस्नेछ । यसमा उनको क्यारेक्टर गज्जवको देखिएको छ । प्रायः धेरै फिल्मको पात्रमा अभिनेताले न्याय गर्न नसक्दा चरित्र नै खल्लो देखिन्छ । तर दयाहाङको लुक्स र अहिलेसम्म आएका भिडियो कन्टेनले उनको अभिनय दमदार रहेको देखिएको छ ।

नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गाउँ आएको बाटो’मा दयाहाङ खरो उत्रिएको अहिलेसम्ममा फिल्मका सामग्री र उनको अभिव्यक्तिले पनि प्रष्ट पार्छ । उनले आफूले यो फिल्मबाट यो खालका चरित्रमा कसरी काम गर्ने, कसरी चरित्रमा काम गर्ने भनेर सिकेर आएको बताएका छन् । आफ्ना आउँदा सिनेमामा ‘गाउँ आएको बाटो’मा सिकेको कुरा लागु गर्दै जाने पनि बताए ।

आफ्नै जातिको कथा, संस्कार, संस्कृति, आफ्नै गाउँठाउँको परिवेश, पात्र र पेसाको कथा सिनेमाले भनेकाले पनि दयाहाङले यो फिल्ममा मिहिनेत गरेका छन् । आफैँले देखेको आफ्नै परिवेशको कथा फिल्मले भनेको र आफ्नै संस्कार र संस्कृतिको कथा भनेकाले पनि उनलाई चरित्रमा केही न केही सहज पनि भयो होला । त्यसैले पनि यो सिनेमा धेरैले मन पराउने उनको विश्वास छ ।

‘फिल्मले गाउँमा गाडी सँगै धेरै कुरा आएको र त्यसपछि त्यसैले गाउँबाट धेरै कुरा लगेको कथा भन्छ ।’ हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुने भन्दै सडकसँग पनि यो कुरा जोडिनेको उनको भनाइ छ । ‘गाउँमा गाडी बाटो आयो बाटोसँगै गाडी आयो । त्यसले गाउँबाट धेरै कुरा लैजान्छ,’ दयाहाङ अगाडि थप्छन्, ‘यही कुरा नै यो सिनेमाको कथाले भन्ने । गाउँमा सडक पुगेपछिको कथा र त्यसले ल्याउने सकारात्मक र नकारात्मक परिवर्तन यो सिनेमाले भन्नेछ ।’

त्यो सँगै ‘गाउँ आएको बाटो’ सडकले बाउछोराको सम्बन्धमा पार्ने प्रभावको कथा पनि हो । सडकले गाउँमा सपनाहरू लिएर आउँछन् । त्यसँगै दुःख पनि लिएर आउँछन् । त्यो दुःख टार्न बाउले गर्ने संघर्षको कथा यो सिनेमाको कथा रहेको उनी बताउँछन् ।

‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट चित्रा र डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसन राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा भन्छ ।

परम्परागत जीवनशैलीले जीवन धान्न नै कठिन हुन थालेपछि के गर्ने भनेर मूल पात्रले लिने निणर्यमा सिनेमाको कथा केन्द्रित रहेको निर्माण पक्षले बताएको छ । बाबुआमा र उनीहरूको छोरा विकाससँगै बदलिएको परिस्थितिमा नयाँ संसारमा कसरी घुलमिल हुन्छन् र सपना फेरिन्छन् भन्ने कथा सिनेमाले भन्ने निर्माण पक्षले बताउँदै आएको छ ।

‘गाउँ आएको बाटो’ आउँदो जेठ २५ बाट रिलिज हुने सिनेमामा दयाहाङ राई, पशुपति राई र प्रसन राई प्रमूख भूमिकामा छन् । ‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो फिल्म हो ।

टोरोन्टो र बुसान फिल्म महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।

यो फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha