find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘गाउँ आएको बाटो’भव्य प्रिमियर : कसले के भने ?

फिल्म गाउँ आएको बाटोको बुधबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर नविन सुब्बा निर्देशित फिल्मलाई प्रशंसा मिलेको छ । फिल्म हेरेका नेता, साहित्यकारदेखि फिल्मकर्मीले गाउँ आएको बाटो मन परेको प्रतिक्रिया दिएका हुन् ।

फिल्म हेरेपछि अधिकांशले फिल्म गाउँ आएको बाटोले गाउँले जीवन र बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए । गाउँमा विकाससँगै के-कस्ता परिवर्तन आउँछ । अनि त्यसको प्रभाव र असर कस्तो पर्छ भन्ने कुरा सुक्ष्म तरिकाले देखाइएको उपस्थित पाहुनाहरुले बताएका छन् ।


निर्देशक निश्चल बस्नेतले नवीन सुब्बा जस्ता निर्देशकको फिल्म हेर्न पाउनुका साथै निकै इन्जोय गरेको बताए । अभिनेत्री केकी अधिकारीले गाउँ आएको बाटो दयाहाङ दाईको करियरकै उत्कृष्ट सिनेमा भएको बताइन् । यता दयाहाङसँग डिग्री माइलामा काम गरेकी अभिनेत्री आँचल शर्माले दया दाई डिग्री माइलाको भन्दा फरक माइला पाउनुका साथै निकै फरक र क्यारेक्टरमा सुहाउँदो पाएको बताइन् ।


पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले फिल्मले देखाएको बाबु र छोराको सम्बन्धको कथा निकै मन परेको बताइन् । यस्तै अर्की अभिनेत्री दीया मास्केले फिल्म हेरेर निस्कँदा पनि गुजबम्ब आएको र बोल्नै नसक्ने अवस्थामा रहेको बताइन् । सिनेमाको कथावस्तु र कलाकारकारको कामले आफुलाई निकै छोएको उनको भनाई थियो ।


अभिनेता नाजिर हुसेनले गाउँ आएको बाटोमा दया दाईले जब बाँसको चोयालाई सक्लो बनाएर चित्रा बनाउनु हुन्छ नि त्यो चित्रा बनाउने एकदमै पाको बाँस भएको बताए । अभिनेत्री मिरुना मगरले बाबुआमामा सन्तानको माया कति हुन्छ भन्ने नजिकबाट महसुुस गर्न पाएको बताइन् । अर्की अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफु गाउँमा नबसेको भएपनि अहिलेसम्म आइपुग्दा कामको माध्यमबाट विभिन्न ठाउँमा पुग्दाको अवस्थालाई सिनेमा हेरेर महसुस गरेको बताइन् ।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म हेर्दा निकै मज्जा आएको बताइन् । एउटा गाउँमा विकाससँगै भित्रिने विभिन्न समस्या र त्यसले पार्ने प्रभावले भावुक बनाएको बताइन् । सिनेमाकी मुख्य अभिनेत्री पशुपति राईले पनि म आफ्नो सिनेमा हेरेर आफै रोएको बताइन् । सिनेमालाई नेपाली दर्शलले पनि निकै राम्रो प्रतिक्रिया दिएकाले शुक्रबारबाट नेपालबाट रिलिज हुँदा दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन् ।


यता एमाले सांसद रघुजी पन्तले फिल्म निकै राम्रो बनेको र यस्ता फिल्मले विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथी परेको असरलाई सुन्दर ढंगबाट देखाइएको बताए । पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किँरातीले आफु यही समुदायमा जन्मे हुर्केकाले पनि फिल्मले छोएको बताए । नेपालमा यस्ता सिनेमा बन्न जरुरी भएको र विशेषगरी नवीन सुब्बा जस्ता निर्देशकले त आगामी दिनमा यस्ता विषयमा अझै धेरै सिनेमा निर्माण गर्न जरुरी रहेको बताए ।

अभिनेता दयाहाङ राई सिनेमालाई प्रिमियरमा साँच्चिकै गजबको प्रतिक्रिया पाइरहेका छौं । शुक्रबारबाट विशेषगरी दर्शकमाझ जाने भएकाले पनि नेपाली सिनेमाका सच्चा दर्शकबाट कस्तो प्रतिक्रिया मिल्ला भन्ने प्रतिक्षा रहेको सुनाए । विदेशी दर्शकले रुचाएकाले पनि सिनेमाले नेपाली दर्शकले पनि रुचाउने विश्वास उनलाई उत्तिकै रहेको छ ।

फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रशस राईको मुख्य भूमिका छ । बाँसुरी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म यही शुक्रबार, जेठ २५ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha