find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

“पुजार सार्की’ले मा महान क्रान्ति गरेको छ’ : हिसिला यमी

दोश्रो सातामा प्रदर्शनरत फिल्म ’पुजार सार्की’ हेरेपछि पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले नेपालका राजनीतिक दलहरूले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ’पुजार सार्की’ले गरेको बताएकी छन् । उनले बुधवार काठमाडौंको गोङ्गबुस्थित बिएसआर हलमा यो फिल्म हेरेकी हुन् । उनले पुजार सार्की आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहित अन्य नेताहरूलाई यो फिल्म देखाउने बताइन् ।

टिमलाई प्रतिक्रिया दिँदै यमीले छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्ने यो फिल्मले दिएको सन्देशलाई आफूले महान् क्रान्तिको रूपमा लिएको बताइन् । “महिलाको हक हितको लागि महिला मात्र बोलेर हुँदैन, पुरुषले पनि साथ दिनुपर्छ । त्यस्तै, छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्छ र आर्य खसहरूले आफ्नै विरुद्ध लड्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ । अहिलेको अवस्थामा दलित मुक्तिको आन्दोलन दलितले मात्रै गरेर हुन्छ भनेर पुग्दैन । परम्परागत राजनीतिक पार्टी काँग्रेस, एमाले वा माओवादी सबैले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ’पुजार सार्की’ले गरेको छ,“ उनले बताइन्।

यमीले पछिल्लो समयका प्रदर्शन भइरहेका नेपाली फिल्महरूले राजनीतिकर्मीहरूलाई निरन्तर घच्घचाउने काम गरेको उल्लेख गरिन् । उनले भनिन्, “अहिले आर्थिक रूपमा असाध्यै तल परिरहेको अवस्थामा मानिसको मनोबल तल गिरिरहेको छ। यस्तो अवस्थामा नेपाली चलचित्रकर्मीहरूले हामीलाई घचघचाउने विषयहरू ल्याईराख्नुभएको छ । ’पुजार सार्की’ चलचित्रले राजनीतिक रूपमा नै छुवाछूतको समस्या समाधान गर्न सकिन्छ भन्ने कुराले हामीलाई राहत दिएको छ। यो विषय अत्यन्त सही तरिकाले यो चलचित्रमा प्रस्तुत गरिएको छ। समाज सुधारको सन्दर्भमा अहिले प्रदर्शन भइरहेका चलचित्रहरूलाई राजनीतिक दल भन्दा पनि उच्च स्थानमा राखेको छु।“

यमीको प्रतिक्रिया लिएपछि यस फिल्मा ’पुजारी’को भूमिका निभाएका अभिनेता आर्यन सिग्देलले नीतिमा छुवाछूत गर्न नपाइने रहेको तर नियत खराब भएकाहरूको कारण यो समस्या यथावत् रहेको जनाए । यमीसँग कुरा गर्दै आर्यनले भने, “यस कारण गैर दलितले नै छुवाछूत हुनु हुँदैन भनेर यस फिल्मबाट आन्दोलन छेड्नु परेको हो ।“

यमीलाई धन्यवाद दिन फिल्मका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली लगायत पुगेका थिए । यो फिल्ममा आर्यन सँगै प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परिक्षा लिम्बु लगायतको प्रमुख अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha