find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निश्चल खड्का ‘लण्डन टु पेरिस’ मा यसरी बने नायक

फिल्म ‘लण्डन टु पेरिस’ बाट निश्चल बस्नतले नव-नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्मको प्रचार सामाग्री मार्फत निश्चल नोटिस भएका छन् । यो शुक्रबारबाट प्रदर्शनमा आउने ट्राभल लभ स्टोरी फिल्म ‘लण्डन टु पेरिस’ मा निश्चल कसरी जोडिए त ?


निश्चलले ‘लण्डन टु पेरिस’मा अभिनय गर्नु अघि धेरै फिल्मका लागि अडिसन दिएका थिए । ‘मैंले दुई वटा सिनेमामा अडिसन पछि साइन नै गरेको थिएँ । तर के कारणले हो ती सिनेमा बनेनन् । एकदिन क्याफेमा कफि पिउँदै जीवनलाई कसरी अगाडि बढाउने भनेर सोचिरहँदा कवीरले सिनेमाको लागि अडिसन भइरहेकोले अडिसन दिन फोन गर्यो’, निश्चलले भने, ‘दुई वटा सिनेमामा साइन गरेर पनि नबनिरहँदा कतै यो सिनेमा पनि नबन्ने पो हो कि भन्ने डर थियो । तर डर केवल डरमै सीमित भयो । किनकी सिनेमाको काम सुरु भएपछि त्यो डर हरायो ।’


फिल्ममा निश्चलले ‘अपिल’ चरित्र निर्वाह गरेका छन् । ‘यो फिल्मको स्क्रिप्ट पढ्दा म धेरै खुशी भएँ । देशबाहिरको कथावस्तु थियो । लण्डनदेखि पेरिसम्म पुगेको प्रेमकथा थियो । अपिल भन्ने २८ वर्षे केटाको प्रेमकथाको यात्रा हो । अपिलको इमोसनमा कति उतारचढाव आउँछ भन्ने सिनेमामा देखाएको छु’, उनी भन्छन्, ‘अपिल आफ्नो माया पाउनका लागि कुन हदसम्म जान्छ भन्ने देखाएको छु । उसले प्रेम पाउनकै लागि लण्डनदेखि पेरिसम्मको यात्रा गर्छ । आफ्नो सपना पुरा गर्न कतिसम्म लाग्नुपर्छ भन्ने मेरो पात्रले देखाएको छ ।’ प्रोमो :

निश्चलका अनुसार फिल्मको चरित्र र उनको वास्तविक चरित्र धेरै भिन्न छ । फिल्ममा गौरव (कविर खड्का)ले उनलाई सल्लाह दिन्छन् र त्यही सल्लाह अनुसार उनी काम गर्छन् । ‘फिल्ममा म अरुको सल्लाह लिए पनि वास्तविकतामा म आफै निणर्य लिन्छु । स्क्रिप्ट पढ्दा पनि यस्तो खालको केटा रहेछ भन्ने भएको थियो । म कलाकार हो । कलाकार बहुरुपी नै हुन्छ । तर त्यो चरित्रमा अभिनय गर्दा भने मजा नै आयो ।’

फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । ‘साम्राज्ञी व्यक्तिगत र व्यावसायिक रुपमा एकदमै सहयोगी लाग्यो । मभन्दा उहाँ धेरै सिनियर भएकाले मैले धेरै कुरा उहाँबाट सिकें । हाम्रो उमेर एउटै भए पनि व्यावसायिकता हेर्दा उहाँ सिनियर । अभिनयका कति कुरा उहाँबाट सल्लाह लिएँ’, निश्चल भन्छन् ।

घनश्याम लामिछाने निर्देशित फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । गीत :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha