find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नायिका परिक्षा लिम्बुले ‘पुजार सार्की’ कसरी पाइन् ?

फिल्म ‘पुजार सार्की’ यो शुक्रबारबाट प्रदर्शनको तेश्रो सातामा प्रवेश गर्दैछ । मल्टीस्टारर दिनेश राउत निर्देशित यो फिल्मले दुई सातासम्म दर्शकलाई हलमा आकर्षण गरिरहेका छ । फिल्मकी मुख्य अभिनेत्री मध्येकी एक परिक्षा लिम्बु यो फिल्ममा कसरी जोडिइन् त ?

‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनु भएको रहेछ । मलाई चिन्नु हुनेले फिल्मको अडिसन खुलेकोले प्रयास गर्न भन्नुभयो । त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ । म फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ’, उनले भनिन् । अभिनयको भिडियो पठाइरहँदा उनलाई कास्की जिल्लाको कास्कीकोट क्षेत्रको स्थानीय लवज बोल्न समस्या भयो । लवजकै कारण परीक्षालाई यस फिलममा काम गर्ने या नगर्ने भन्ने अन्योल सिर्जना भयो रे । यसको लागि फिल्मको टिमले उनलाई भाषा ‘प्राक्टिस’ गरायो । यो फिल्मको लागि जरुरी हुने भाषा र चरित्रको सबै सम्भावना देखेपछि उनी ‘पुजार सार्की’मा फाइनल भइन् ।

यो फिल्ममा परीक्षा ‘मैतबहादुर’को चरित्रमा देखिएका अभिनेता प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा देखिँदै छिन् । प्रदीपसँग उनको यो पहिलो सहकार्य हो । ‘मैंले प्रदीपजीबाट धेरै कुरा सिकेँ । उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ । व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, परीक्षाले भनिन्। प्रोमो :

फिल्ममा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह प्रमुख भूमिकामा छन्। परीक्षालाई फिल्मका तीन स्टारसँग सहकार्य गरिरहँदा के होला भन्ने चासो रहेछ । ‘उहाँहरू कसरी काम गर्नुहुन्छ अथवा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहलता र डर थियो । तर उहाँहरूलाई भेटिसकेपछि त्यो सबै हरायो । उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो’, उनले भनिन् । गीत :

‘पुजार सार्की’ फिल्ममा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ । फिल्ममा गरेको अभिनयबाट प्राप्त अनुभवमा अन्तरजातीय प्रेम निकै गाह्रो हुने महसुस परीक्षाले गरेकी छन् । ‘चलचित्रमा म मगर समुदायको प्रतिनिधित्व गर्छु । हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ । त्यो हेराइले उहाँहरूलाई मात्र नभएर उहाँहरूसँग जोडिएका सबै मान्छेहरूलाई गाह्रो हुन्छ । प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रहेछ’, परीक्षा भन्छिन्, ‘मेरो हकमा त्यो गाह्रो फिल्ममा क्यारेक्टर भएर महसुस गर्न पाएँ। जुन रियल लाइफमा महसुस गर्न पाएको छैन । त्यो अनुभवका लागि म भाग्यशाली पनि छु ।’


परीक्षा पूर्वकी, भाषा पश्चिमको । परीक्षाले यही चरित्रका लागि अध्ययन समेत गर्नुपर्‍यो, जुन अध्ययन उनका लागि रमाइलो अनुभव बनेको छ । ‘आफूबाट अर्को मान्छे हुन पाउँदा इन्जोय गरेँ। किनभने ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु। मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो। म पूर्वको मान्छे, पश्चिममा कसरी भिज्ने होला भन्ने चुनौती थियो,’ परीक्षाले बताइन् ।

अभिनयको अनुभवलाई उनी ‘भोक’सँग तुलना गर्छिन् । ‘भोक लागेको बेला जे खाए पनि मिठो हुन्छ । मेरा लागि ‘जारी’ र ‘छक्का पञ्जा’ त्यस्तै भयो । तर ‘पुजार सार्की’को हकमा भने भोक लागेको बेला मिठो खाने कुरा खान पाए जस्तै भयो,’ परीक्षा भन्छिन्, ‘जारी र छक्का पञ्जामा धेरै कुरा सिक्न पाएँ । पुजार सार्कीमा भने ती सिकेका कुरा लागु गर्ने कोसिस गरेकी छु । तीन वटै फिल्मको हकमा राम्रो ब्यानर, राम्रो ब्रान्ड, राम्रो टिमसँग काम गर्ने मौका पाएँ ।’

फिल्म ‘पुजार सार्की’मा अन्य कलाकारले जस्तै परिक्षाले आफ्नो भूमिकालाई न्याय गरेकी छन् । अभिनयमा पारंगत परिक्षा अब फिल्म ऊनको स्विटरमा व्यस्त हुनेछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha