जापान पुगेपछि स्वतन्त्र बने अनमोल
अभिनेता अनमोल केसी यतिबेला जापानमा छन् । फिल्म ‘फर्की फर्की’को स्पेशल शोमा सहभागी हुन अनमोल गत साता टोकियोमा पुगेका हुन् ।
जुन ९ मा ‘फर्की फर्की’ को शो आयोजना हुँदैछ । शो पुर्व अनमोल टोकियो शहरमा घुमिरहेका छन् । अझ भनौं, नेपालका मेघास्टार टोकियो सडकको बीचमा स्वतन्त्र महसुश गरिरहेका छन् । अनमोलले आफ्नो अफिसियल ईन्स्टा स्टोरीमा टोकियो सडकको सर्ट भिडियो क्लिप राख्दै ‘फ्रिडम’ लेखेका छन् ।
उसो त अनमोललाई नेपालका सार्वजनिक स्थलमा कमै भेटिने गर्दछन् । यसैले पनि अनमोलले टोकियोमा स्वतन्त्र महसुश गरेको हुनुपर्दछ ।
अनमोलको दशौं फिल्म ‘फर्की फर्की’ले ले नेपालमा तेश्रो सातामा सफल व्यापार गरिरहेका छ । अनमोल अब सुयोग गुरुङकै निर्देशन रहने फिल्म ‘जेरी अन टप’ मा व्यस्त हुनेछन् ।