दया र मिरुनाको ‘घरज्वाइँ’ को ‘बिन्जुरी’ सार्वजनिक
फिल्म ‘घरज्वाइँ’ को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘बिन्जुरी’ बोलको गीतमा हिट जोडी दयाहाङ राई र मिरुना मगरलाई रोमाञ्चक रुपमा प्रस्तुत गरिएको छ । गीत :
सार्वजनिक फिल्मको गीतमा राम अविरल बिष्टको शब्द र एसडी योगीको संगीत तथा स्वर छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो । अनिल बुढामगर फिल्मका निर्देशक हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । सिनेमा सुसन प्रजापतिले खिचेका हुन ।
‘घरज्वाइँ’मा दयाहाङ र मिरुना सँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
फिल्म असार २८ गते रिलिज हुँदैछ । जिएम मूभीज र एबीएम फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।