find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बलिदान’ मा भित्रिए साउथका द्वन्द्व निर्देशक र छायाँकार

सन्तोष सेनको नयाँ फिल्म ’बलिदान’ को छायाङ्कनको लागि तयार भैरहेको छ । निर्माता सेनको मेगा प्रोजेक्टको रूपमा हेरिएको ’बलिदान’का लागि दक्षिण भारतका द्वन्द्व निर्देशक, छायाँकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भित्र्याइएको छ ।


जसमा, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि सहित करिब ५० जनाको प्राविधिक टिमले ’बलिदान’मा काम गर्नेछन् । द्वन्द्व निर्देशक सामले राणा दगुबत्तीको चर्चित चलचित्र ’हात्ती मेरे साथी’, चियान विक्रमको चलचित्र ’थङ्गलम’ लगायतमा काम गरिसकेका छन् । छायाँकार ऋषि गत हप्ता रिलिज भएको नेपाली फिल्म ’बाटोः रोड टु डेथ’का छायाँकार हुन् । हाल नेपालमा उनको छायाङ्कनको खुलेरै तारिफ भइरहेको छ । त्यस्तै, उनले दक्षिण भारतमा चर्चित फिल्महरू सुपरस्टार रजीनिकान्तको फिल्म ’पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको फिल्म ’आचार्य’को छायाङ्कन टिममा रहेर काम गरेका छन् ।

यसका साथै छायाङ्कनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले बताए । उनले भने, “हामीले बलिदानलाई उच्चस्तरीय नेपाली फिल्म बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रण गरेका छौँ । यसको लागि हामीले दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्दैछौँ । यो एक सामान्य फिल्म मात्र नभएर नेपाली फिल्म उद्योगका लागि एक ऐतिहासिक, क्रान्तिकारी र महान् फिल्मको ढोका खोल्ने कोशेढुङ्गाका रूपमा साबित गराउनेछौँ ।’

‘बलिदान’को छायाङ्कनको लागि इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ । साथै, विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम लगभग अन्तिम चरणमा रहेको सह निर्माता प्रेम पुरीले बताए । यसको करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ ।

’बलिदान’को प्रमुख भूमिकामा नेपाली फिल्मका एक्सन अभिनेता बिराज भट्टका छोरा समीर भट्टले अभिनय गर्दैछन् । एक ’प्याकेज हिरो’को सम्भावना बोकेका भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरेका छन् । साथमा अभिनेता त्रय सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि प्रमुख अभिनय रहनेछ ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha