भदौ २८ गते मिन बहादुरको ‘शाम्बाला’ आउने
मिन बहादुर भाम निर्देशित नयाँ फिल्म ‘शाम्बाला’को नेपाल रिलिज घोषणा गरिएको छ । निर्देशक भामका अनुसार ‘शाम्बाला’ नेपालमा भदौ २८ गतेबाट रिलिज हुनेछ ।
‘शाम्बाला’ बर्लिन सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त महोत्सवको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।
‘सम्हालिन्छ कहिले मन’ फेम्ड अभिनेता सोनम तोप्देनको मुख्य भुमिका रहेको सिनेमा ‘शाम्बाला’ स्विट्जरल्यान्डको सिनेमा महोत्सव लोकार्नोको ७७ औँ संस्करणमा छनोट भएको छ । पियाजा ग्राण्डे विधामा सिनेमा छनोट भएको हो । सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाबम्बाला’मा सोनमका अलवा थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य,लोटन निमलिङ्ग, जंग बहादुर लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान्ले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा सिनेमाले उठान गर्छ ।
फिल्मको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् । फिल्मको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।