find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मोदीबेनी’का नायक अमर प्रतापको डेव्यु यात्रा

फिल्म ’मोदीबेनी’ बाट अमर प्रताप श्रेष्ठ नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्ममा अभिनय गर्नु पुर्व उनले केही नाटक, विज्ञापन तथा वेब सिरिजमा अभिनयको कक्ष लिएका छन् ।


पहिलो पटक ठुलो पर्दामा नायकको रूपमा देखिने मौका पाउनु एक कलाकारका लागि ठुलो अवसर हो, र अमरको प्रतिक्रिया यसको साक्षी हो। जब श्रेष्ठलाई ’मोदीबेनी’मा प्रमुख भूमिका प्रस्ताव गरियो, उनी एकाएक उत्साहित र सम्मानित महसुस गरे। “मैले यो चलचित्रको स्क्रिप्ट राम्रोसँग सुनेको थिएँ, त्यसैले यो अवसरको लागि म धेरै उत्साहित थिएँ। मेरो प्रारम्भिक प्रतिक्रिया उत्साह र अलिकति नर्भसनेसको मिश्रण थियो,“ अमरले भने ।


यस फिल्मको सेटमा काम गर्ने अनुभव अमरको लागि विशेष थियो। पहिलो पटक प्रमुख भूमिकामा अभिनय गर्दा उनी पूर्व तयारी गरेका थिए, तर सेटमा वास्तविकता अलिक फरक थियो। “चलचित्रको टिम धेरै व्यावसायिक थियो, र कलाकार तथा प्राविधिकबिचको आपसी सहकार्यको भावना पनि धेरै मजबुत पाएँ,“ अमरले बताए। छायाङ्कनको वातावरण सहयोगात्मक हुनु र टिमका सबै जना फिल्मलाई उत्कृष्ट बनाउने प्रतिबद्धतामा हुनु उनले अपेक्षा गरेभन्दा धेरै राम्रो रह्यो।

फिल्मको छायाङ्कनको क्रममा अमरले केही चुनौतीहरूको सामना गर्नुपर्‍यो। चरित्रको मनोदशामा प्रवेश गर्नु मुख्य चुनौती थियो। “केही दृश्यहरू भावनात्मक रूपका पनि थिए, जसका लागि मानसिक र भावनात्मक तयारीको आवश्यकता थियो। छायाङ्कनको क्रममा जटिल स्थानमा छायाङ्कन गर्नु र अप्रत्याशित मौसम स्थितिहरूसँग जुध्नुपर्नेजस्ता लजिस्टिकल चुनौतीहरू पनि सामना गर्नु पर्‍यो,“ उनले सम्झे। पहिलो पटक काम गर्दै गरेका कारण गल्तीहरू हुँदा तनाव उत्पन्न हुन्थ्यो, तर को-एक्टर वर्षा सिवाकोटीको सहयोगले उनलाई सहज महसुस गरायो। निर्देशकको कुशल निर्देशन र टिमको सहयोगबाट उनले छायाङ्कन सफलतापूर्वक पूरा गरे।

अमरको चरित्रमा प्रवेश गर्ने प्रक्रिया केही अनुसन्धान र मेथड एक्टिङमा आधारित थियो। उनले चरित्रको व्यक्तित्व बुझ्न समय खर्च गरे र चरित्रको वरपरको वातावरणमा आफूलाई डुबाए। “मुख्य रूपमा स्क्रिप्टमा लेखिएको पात्र र म समान देखिन केही मेहनत लाग्यो,“ उनले भने। यसले उनको भूमिका बलियो बनायो। यस चलचित्रमा निर्देशक र कलाकारसँगको सहकार्य अमरको लागि उत्कृष्ट अनुभव रह्यो । अमर भन्छन्, “नयाँ भए पनि निर्देशकको दृष्टिकोण र निर्देशन स्पष्ट थियो, जसले मेरो अभिनयलाई बुझ्न सजिलो बनायो। को-एक्टर वर्षा सिवाकोटी आफैमा लामो अनुभव बोक्नुभएको छ। उहाँबाट धेरै सिकेँ। चलचित्रकोमा दिग्गज कलाकारहरू पनि हुनुहुन्छ। सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारसँग काम गर्न पाउनु मेरो अहोभाग्य हो।“

’मोदीबेनी’ मा अमरको लागि सबैभन्दा चुनौतीपूणर् दृश्य भावनात्मक रूपमा विक्षिप्त पार्ने एक दृश्य थियो। अमरको विचारमा सो दृश्यले दर्शकलाई साँच्ची नै मन छुन सक्छ। “मैले अभिनय गरेको पात्रसँग सबैभन्दा चुनौतीपूणर् एक दृश्य छ जुन दृश्यले दर्शकलाई भावनात्मक रूपमा निकै विक्षिप्त पार्न सक्छ। सो दृश्यले बिछोडको सङ्घारलाई दर्साउँछ जुन आम मानिसको जीवनमा कुनै न कुनै दिन भोग्नु परेको हुनसक्छ। त्यो दृश्यले दर्शकलाई साँच्ची नै मन छुन सक्छ। मलाइ द्वन्द्वसहितको भावनामा रहेको सो दृश्य छायाङ्कनको बेला चुनौती सामना गर्नुपरेको थियो,“ उनले स्मरण गरे।

अमर प्रताप श्रेष्ठको ’मोदीबेनी’मा अभिनय यात्रा चुनौतीपूणर् भए पनि रोमाञ्चक थियो। उनको समर्पण, मेहनत, र टिमको सहयोगले उनलाई सफलतापूर्वक प्रमुख भूमिकामा प्रस्तुत गर्‍यो। ’मोदीबेनी’ को अनुभवले अमरलाई अभिनयको दुनियाँमा एउटा नयाँ उचाइमा पुर्‍याउने र दर्शकहरूको मन जित्न सफल हुने विश्वास गर्न सकिन्छ।

शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha