find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मोदीबेनी’ लाई प्रिमियरमा मिल्यो यस्तो प्रतिक्रिया

फिल्म ‘मोदीबेनी’को बुधबार राजधानीमा प्रिमियर गरियो । प्रिमियरमा फिल्मलाई राम्रो प्रतिक्रिया मिल्यो । प्रिमियरमा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने ।


वर्षा विश्व गौतमको डिजाइनमा सुन्दर देखिएकी थिइन् भने अमरले वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाकमा सजिएका थिए । अभिनेत्री रेजिना उप्रेती पनि सारीमा सजिएर पुगेकी थिइन्। नव अभिनेत्री स्नेहा भट्टराई पनि आकर्षक पहिरनमा प्रिमियरमा पुगेकी थिइन् । प्रिमियरमा वर्षा, अमर, रेजिना, स्नेहासँगै फिल्मका कलाकारहरू प्रवीण खतिवडा, दिलीप के.सी., कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ लगायतको उपस्थिति थियो। साथै, निर्देशक शङ्कर कोइराला, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो ।

प्रिमियर शोमा चलचित्र हेर्न प्रतिनिधि सभा सदस्य शोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपा श्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्त लगायत पुगेका थिए। ट्रेलर सार्वजनिक भएपछि प्रतीक्षारत बनेको ‘मोदीबेनी’ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ।

प्रतिनिधि सभा सदस्य शोबिता गौतमले चलचित्रको प्राविधिक तथा क्रियटिभ काम मन परेको प्रतिक्रिया दिइन्। ‘सोसल कनट्र्याक्ट थ्यौरी’ अनुसार नै हाम्रो समाज चल्ने बताउँदै उनले सबै कुरा मै हो भन्ने सोचले कस्तो नतिजा दिन सक्छ भन्ने चलचित्रले देखाएको बताइन्। कलाकार हिमेश पन्तले चलचित्र रमाइलो र ट्विस्ट रहेको बताए। उनले चलचित्रको ‘सस्पेन्स’ भागको चर्चा गरे।

कलाकार विजय बरालले आफूलाई यो चलचित्र ‘सोसल ड्रामा’ रहेको बताए। समग्रमा चलचित्र मन परेको बताउँदै सबैलाई यो चलचित्र हेर्न सुझाव दिए। कलाकार मुकुन भुसालले सुन्दै आएको कथालाई यो चलचित्रमा हेर्न पाएको बताए। कलाकार तथा निर्माता निर्मल शर्माले आफूले सोचेको भन्दा पनि राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए।

अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले आफूलाई चलचित्रको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षा अनुसार कै चलचित्र बनेको प्रतिक्रिया दिइन्। चलचित्रका नव अभिनेता अमर प्रताप श्रेष्ठ, अभिनेत्री वर्षा सिवाकोटीसहित सबै कलाकारको काम उत्कृष्ट रहेको निरौलाले प्रतिक्रिया दिइन्। उनले नेपाली चलचित्रमा धेरै पछि यस प्रकारको हेर्न पाएको र आफूलाई निकै मज्जा आएको जनाइन्।

अभिनेता रमेश उप्रेतीले हेर्दै आएका फिल्म हरू भन्दा फरक लागेको बताए।निर्देशक शोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चिकै राम्रो बनेको भन्दै धेरै पछि अभिनेत्री रेजिना उप्रेतीलाई ठुलो पर्दामा देख्दा खुसी लागेको बताए। उनले निर्देशकको काम पनि मन परेको प्रतिक्रिया दिए। अभिनेत्री अञ्जना बराइलीले नयाँ कलाकारहरूको काम झनै राम्रो रहेको बताइन्। सबै कलाकारले आफ्नो चरित्रलाई न्याय दिएको जनाउँदै आफूले दर्शकको नजरबाट चलचित्र हेरेको बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha