find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ को स्वरांकन

अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशित फिल्म ‘नमेटिने घाउ’को प्रधानमन्त्री केपी शर्मा ओलीले डबिङ गरेका छन् । ओलीले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले फिल्ममा पनि प्रधानमन्त्रीकै भूमिकामा अभिनय गरेका छन् । सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपाल र सासंद देवेन्द्र पौडल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । नेपालले केही दिन अगाडि उनीहरुले आफ्नो दृश्यको डबिङ गरेका थिए ।

सिनेमामा प्रधानमन्त्री ओलीको डबिङसँगै प्रदर्शन मिति समेत घोषणा भएको छ । सिनेमा ‘नमेटिने घाउ’ भदौ ७ गतेबाट देशभरिका सिनेमा घरमा प्रदर्शनमा आउने निर्देशक तथा अभिनेता ढुंगानाले बताए । यो सिनेमा एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ ।

एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर सिनेमा निर्माण गरिएको छ । सिनेमामा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाई, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, सुरवीर पण्डित, सुनिल कटुवालको अभिनय रहेको छ ।

रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सयौं नेपाल प्रहरीको समेत अभिनय छ । सिनेमामा शिवम् अधिकारीको कथा लेखन छ । सिनेमामा नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्सन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha