find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मलिका महतको ‘सतीदेवी’ ट्रेलर ट्रेन्डिङको तेश्रो स्थानमा

अभिनेत्री मलिका महत स्टारर फिल्म ‘सतीदेवी’प्रति दर्शकको आकर्षण बढेको छ । भिडियो सेयरिङ प्लेटफर्म यूट्यूबमा गत बिहीबार सार्वजनिक भएको सिनेमाको ट्रेलर ट्रेन्डिङमा परेको छ ।

रिलिजको २४ घण्टा भित्रनै ट्रेन्डिङ्मा परेको सिनेमाको ट्रेलर हाल फिल्म विधाको तेश्रो स्थानमा ट्रेन्डिङ भइरहेको छ । ट्रेलरले अत्यन्त सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । हालसम्म १ लाख ६५ हजार भ्यूज पाएको टिजरले ६.५ हजार बढि लाइक र उल्लेख्य संख्यामा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ट्रेलरले अर्गानिक रुपमा नै यूट्यूबमा यो सफलता हात पारेको हो ।


टिजर रिलिज भएपछि सोमा समाविष्ट ‘सिक्का भेटे खोटो रछ चल्दैन, मजस्तै रछ’ संवाद त्यतिबेला देखि नै चर्चामा रहेको छ । सो संवादमा धेरै जना त्यसमा पनि अधिकाश महिलाहरुले रिल्स तथा टिकटक भिडियो बनाइरहेका छन् ।
समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा पेस गर्ने सिनेमालाई लामो समय सिने पत्रकारितामा बिताएका लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् ।

फिल्ममा मलिका सँगै सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटाको साथमा बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ प्रमुख भूमिकामा छन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको सिनेमाला श्रीदेवी सुवेदीले निर्माण गरेकी हुन्।

फिल्ममा निर्देशक सुवेदीको यो सिनेमाले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको छ । फिल्म ‘सतिदेवी’ भदौ ७ गते बाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha