find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘घर नम्बर २’ मा केकी र उपासना अनुबन्धित

दिपेन्द्र के.खनालले निर्देशन गर्ने नयाँ फिल्म ‘के घर के डेराः घर नम्बर २’ का लागि मुख्य दुई अभिनेत्री अनुबन्धित भएका छन् । यो फिल्मका लाागि नायिकाद्धय केकी अधिकारी र उपासना सिंह ठकुरी यसै साता पक्का भएका हुन् ।


केकीले बैशाख महिनामा फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’मा काम गर्न लागेकी हुन् । यस्तै, उपासनाले फिल्म ‘खुस्मा’को छायांकन सकेपछि यो फिल्ममा काम गर्न लागेकी हुन् । योसँगै फिल्ममा मुख्य कलाकारहरुको लाइनअप बलियो बनेको छ ।


वुद्धिसागरको लेखन रहेको फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने र निश्चल बस्नेत पक्का भैसकेका छन् । फिल्मको छायाँकन यही साउन महिनाको २५ गते अर्थात शुक्रबारदेखि सुरु गर्ने निर्माण पक्षको योजना छ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।


फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने निर्माण पक्षको भनाई छ । यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भएको छ । यो मल्टीस्टारर फिल्मलाई यही बर्ष नै रिलिज गर्ने बुझिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha