मल्टीस्टारर फिल्म ‘घर नम्बर २’ को छायांकन सुरु
फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन यो शुक्रबारबाट सुरु भएको छ । गोदाबरीबाट मल्टीस्टारर फिल्मको छायाँकन सुरु गरिएको हो । फिल्मको सुटिङ तालिका तीस दिनको छ ।
फिल्मको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभ साइत गरियो । शुभसाइत समारोहमा फिल्मका सम्पूणर् कलाकार, प्राविधिक उपस्थित थिए । फिल्ममा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल-कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ । छायांकनको पहिलो दिन अभिनेता नायक आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्यको छायांकन गरियो । शनिबारबाट फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिनेछन् ।
सामाजिक बिषयवस्तुलाई पर्दामा उतार्न लागिएको यो फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् । फिल्ममा वुद्दिसागरको लेखन छ । फिल्म ‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण गरिदैछ ।