find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बिराज भट्टको ‘१२ गाउँ’ पनि फूलपातीमै प्रदर्शन हुने

एक्सन स्टार बिराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’ को प्रदर्शन मिती तय गरिएको छ । पोस्टर सहित अभिनेता भट्टले आफ्नो फिल्मलाई फूलपाती असोज २४ गते रिलिज गरिने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

लामो समय देखि सिनेमा क्षेत्र मा काम गर्दै दर्शकहरुले मलाई एक्शन फिल्ममा साथ दिदैं गर्दा नेपाली एक्शन फिल्मलाई अन्तराष्ट्रिय स्तरमा कसरी चिनाउने भन्ने मेरो चिन्तन र यसपटक १२ गाउँ मार्फत मैंले त्यो प्रयास गरेको छु । यसमा समीर भट्टले पनि लामो समयदेखि आफ्नो अभ्यासलाई दसौँ वर्ष एउटा तपस्वी जस्तै निरन्तरता दिएको छ । मलाई आशा छ दर्शकहरुको माया, साथ र आशीर्वाद १२ गाउँ लाईमिल्ने छ, अभिनेता भट्टले सोमबार आफ्नो फेसबुक वालमा लेखेका छन् ।

यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले अभिनेत्रीको रुपमा डेव्यु गर्दैछन् ।

फिल्ममा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री रकविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्वनिर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ ।

‘१२ गाउँ’ले प्रदर्शन मिति घोषणा गरेसँगै असोज २४ गते एकै दिन तीनवटा नेपाली सिनेमा रिलिज हुने भएका छन् । ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ र एकै दिन रिलिज हुने भएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha