find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कृषाले गराइन् कन्फ्युजन, सौगात र प्रदीपमा को हुन् ‘पिताम्बर’ ?

मल्टीस्टारर फिल्म ’पिताम्बर’ को भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकन सुरु हुँदैछ । फिल्मको यतिबेला वर्कसप चलिरहेको छ । छायाँकन जानु पुर्व निर्देशक कृषा चौंलागाईंले फिल्मको शिर्ष भूमिकालाई लिएर कन्फ्युजन सृजना गरिदिएकी छन् ।

निर्देशक चौंलागाईंले अभिनेताद्वया सौगात मल्ल र प्रदीप खड्कासँगको तस्बिरमा ’पिताम्बर’ को हो ? भन्दै प्रश्न दर्शकमाझ दोधार सृजना गरेकी हुन् । उनले सौगात र प्रदीप दुई मध्ये पिताम्बर को हो ? भन्ने प्रश्न गरेकी हुन् । दुवै उत्तिकै सबल र स्टारडम भएकाले ’पिताम्बर’को मुख्य पात्र ’पिताम्बर’को हो भन्नेमा कौतुहलता छ । यो कौतुहलतालाई जोगाउने प्रयास निर्माण टिमले गरिरहेको छ ।

हालसम्म फिल्मको मुख्य पात्र सौगात वा प्रदीपमा को हो ? भन्ने निर्माण टिमले लुकाएको छ । यसलाई निरन्तरता दिने निर्देशक चौलागाईंले चलाखी गरिरहेकी छन् ।

फिल्ममा सौगात र प्रदीपसँगै आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतको कलाकारको अभिनय रहनेछ । कलाकारको यो लाइनअपले सिनेमा केही फरक र स्पेसल रहेको संकेत गरेको छ ।

’पिताम्बर’को पहिलो चरणको छायांकन नवलपरासीको त्रिवेणी धाममा मुहूर्त गरेर भएको थियो । फिलमको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन भएको थियो ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । फिल्मको निर्मातामा विशाल चौलागाईं छन् ।

प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ । यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha