नीता र हरिहरको ‘ह्रस्व दिर्घ’को रिलिज डेट पोस्टपोन्ड
अभिनेती नीता ढुंगाना निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिती स्थगन गरिएको छ । पोस्ट प्रोडक्सनमा थप समय लाग्ने भन्दै निर्मात्री ढुंगानाले फिल्मको घोषित प्रदर्शन मिती आगामी असोज ३ गतेलाई स्थगन गरिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
फिल्मको प्राविधिक टिमले प्राविधिक कामहरू सक्न अझै समय लाग्ने बताएपछि निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको अभिनेत्री एवं निर्मात्री नीता ढुंगानाले फेसबुक मार्फत् जानकारी गराएकी छन् । असोज ३ गते प्रदर्शन गर्ने गरी निर्माण टिमले विभिन्न चरणमा पोस्टरसहित यसै साता ‘उठेर नाचिस्यो’ गीत सार्वजनिक गरेको थियो चन्द्र पन्तको निर्देशनमा निर्माण भएको ‘ह्रस्व दीर्घ’मा नेपाली र भारतीय कलाकारको जम्बो टिम नै छ ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्मको फिल्मको गीत समेत सार्वजनिक गरिएको छ ।