find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मोफसलका टेम्पुमामा ‘रावायण’को प्रचार सुरु

यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ को काठमाडौं उपत्यका बाहिर लक्षित प्रमोसन सुरु भएको छ । उपत्यका बाहिरका प्रमुख सहरमा रहेका सार्वजनिक सवारी साधनमार्फत प्रमोसनको काम तिब्र रुपमा अगाडि बढाइएको छ ।

निर्माण पक्षका अनुसार नेपालगञ्ज, वीरगञ्ज, चितवन, विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडलगायतका स्थानमा रहेका करिब ४ सय अटो तथा ट्याक्सीमा फिल्मको पोस्टर टाँसर प्रमोसनको काम सुरु गरिएको हो । ‘सार्वजनिक यातायात आम मानिससँग जोडिएका सवारी साधन हुन् । यी गाडीमा दैनिक संख्यामा हजारौं यात्रु ओहोरदोहोर गरिरहन्छन् । उनीहरुमार्फत फिल्मलाई ग्रामीण भेगका दर्शकसम्म प्रचारप्रसारका लागि पुर्‍याउन सजिलो हुन्छ’, फिल्मका निर्देशक सुदर्शन थापाले भने ।

फिल्मको पोस्टर, टिजर र गीतले दर्शकमाझ राम्रो हाइप बनाइरहेको छ । नेपाली फिल्ममा ‘लभर ब्वाई’, ‘चकलेटी हिरो’ को ट्याग पाएका नायक पल शाहलाई दर्शकले यो फिल्ममा एक्सन अवतारमा हेर्न पाउनेछन् । फिल्ममा उनको दोहोरो भूमिकामा रहेकाले पनि दर्शकमाझ फिल्मप्रति उत्सुकता बढ्दो छ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha