हलमा ‘सतिदेवी’ सँगै लाग्यो ‘रमितको नमेटिने घाऊ’
यो शुक्रबार दुई नयाँ नेपाली फिल्महरु एकसाथ प्रदर्शनमा आएका छन् । मलिका महत स्टटार ‘सतिदेवी’ र रमित ढुंगानाको ‘नमेटिने घाउ’ एकसाथ प्रदर्शनमा आएका हुन् ।
फिल्म ‘सतिदेवी’ मा लक्ष्मण सुवेदीको निर्माण, निर्देशक र लेखन छ । फिल्ममा मलिकाले शिर्ष भूमिका निर्वाह गरेकी छन् । मलिकासँगै फिल्ममा हर्षिका वली, मञ्जिला बानियाँ, कुल बहादुर अधिकारी, सृजना अधिकारी, रमेश बुढाथोकी लगायत अन्य कलाकारहरुको अभिनय छ ।
यस्तै फिल्म ‘नमेटिने घाउ’ एसिड आक्रमणमा परेकी मुस्कान खातुन सहित अन्य प्रभावितहरुको कथामा बनेको फिल्म हो । जहाँ मुस्कान र प्रधानमन्त्री केपी शर्मा वली, रचना गौतम, ईभा गिरी लगायत अन्य एसिड सर्भाइभर र कलाकारहरुले अभिनय गरेका छन् । यो फिल्मबाट अभिनेता रमित ढुंगानाले निर्देशनमा डेव्यु गरेका छन् ।
विशेषतः छोरीहरुको कथा र व्याथामा बनेका यी दुई फिल्महरु ‘सतिदेवी’ र ‘नमेटिने घाउ’ले हलमा दर्शकलाई कत्तिको आकर्षण गर्लान् त ?