‘खुस्मा’को गीतपछि प्रोमो पनि ट्रेन्डिङ नम्वर वानमा
फिल्म खुश्माका ट्रेलर पनि युटुव ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल भएको छ । रिलिजको केही दिन पश्चात् धिरज मगर र उपासनासिंह ठकुरी स्टारर फिल्मको प्रोमो ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको हो । ट्रेलर :
अशोक थापा मगर निर्देशित फिल्म खुस्मा मा द्धन्द्धको परिवेशमा युवा युवतीको प्रेम सम्बन्धलाई पस्किएको छ । यो फिल्मको रुकुम मैकोट बोलको गीत लामो समयदेखि म्युजिक अन्र्तगत् युटुवको शिर्ष स्थानमै छ । गीतपछि प्रोमो समेत ट्रेन्डिङको शिर्ष स्थानमा परेपछि फिल्मप्रति दर्शकको चासो रहेको बुझ्न सकिन्छ ।
फिल्म ‘खुस्मा’ असोज ३ देखि विश्वभरबाट प्रदर्शनमा आउँदैछ । गीत र प्रोमोले पाएको सफलताले फिल्मको सफलतामा कत्तिको प्रभाव पार्दछ त ? प्रतिक्षा गरौं !