find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आइफोनले खिचिएको ‘अ प्लेस अन्डर द सन’ प्रिमियर

आइफोनले खिचिएको नेपाली कथानक फिल्म ‘अ प्लेस अन्डर द सन’लाई प्रिमियर गरिएको छ । सिमित नेपाली फिल्मकर्मीको उपस्थितिमा सुन्धारास्थित सीडीसी हलमा गत साता फिल्मको प्रिमियर शो आयोजना गरिएको हो ।

प्रिमियरमा उपेन्द्र सुब्बा, शैलेन्द्र कार्की, यश कुमार, सुवणर् थापा, सचिन घिमिरे, प्रवीण खतिवडा र अभय बराल लगायत अन्य केही फिल्मकर्मी उपस्थित थिए । आइफोन-१४ प्रो म्याक्सले खिचिएको फिल्मलाई ‘अनन्त’ फेम्ड जेसन लोप्चनले निर्देशन गरेका हुन् । यो उनको दोस्रो निर्देशकीय फिचर हो । अस्कर फिल्म कलेजका विद्यार्थी मिलेर यो फिल्म बनाएका हुन्, जसलाई हलमा प्रदर्शनको तयारी छ ।

वान स्क्वाड फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मीन घलान, मीरा गुरुङ, प्रवेश एमसी, विप्लव गौली, अंशु शर्मा र प्रज्वन पौडेलको अभिनय छ । सीडीसी हलकै वितरणमा यो फिल्म हलमा समेत प्रदर्शन हुने भएको छ ।फिल्मलाई प्रवीण लिम्बूले छायांकन गरेका हुन् । ‘आइफोनले खिचिएपछि ठूला फिल्मको जस्तो दृश्यको गुणस्तर यसमा कायमै छ’ छायांकार लिम्बूले भने, ‘कहींकतै पनि फोनले खिचिएको महसुस कतै हुँदैन ।’

फिल्मले बाल्यकालका तीन जना मिल्ने साथीको कथा भन्छ । क्राइम-ड्रामा जनरामा फिल्म बनेको हो । तीनजना साथीको बीचमा अचानक एक अपरिचित व्यक्ति आइपुग्छ । तीनजनाले त्यो व्यक्तिलाई चिन्दैनन् तर तीन जनालाई त्यो व्यक्तिले चिन्छ । त्यो मान्छे त्यहाँ किन आयो ? यस वरपर कथा घुमेको छ ।

निर्देशक लोप्चनले आइफोन-७ ले खिचिएको हलिउड निर्देशक स्टिभन स्पिलवर्गको फिल्म ‘अनसेन’ फिल्म हेरेपछि आफूलाई पनि आइफोनले फिल्म खिच्ने अवधारणा बनेको बताए । ‘मलाई त्यो फिल्म साह्रै मनपरेको थियो र मेरो मनमा बसेको थियो’ उनले भने ।

यो फिल्मलाई आगामी हिउँदमा हलमा रिलिज गर्ने तयारी छ । निर्देशक लोप्चनले सन् २०२२ मा फिल्म ‘अनन्त’ निर्देशन गरेका थिए, जुनमा कार्म, लक्ष्मी बर्देवा, निश्चल बस्नेत लगायतले अभिनय गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha