find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

चेला बिजयको सफलतामा दंग बने गुरु दयाहाङ

चेला बिजय बरालको सफलतामा गुरु दयाहाङ राई दंग भएका छन् । बिहिबार विशेष शोमा ’पूर्ण बहादुरको सारंगी’ हेरेपछि उनले मिडियामा चेलाले पाएका सफलतामा आफ्नो खुसी साटेका हुन् ।

’मैले विजयलाई चिनेको १७ वर्ष भयो । त्योबेला देखि उसले अभिनय बाहेक अरू गरेको थिएन् । लगातार सिनेमा गरेको चाहीं १३ वर्ष भयो होला,’ दयाहाङले भने, ’यो उसको लगनशीलता हो । आफ्नो कामप्रतिको इमान्दारिता हो। यो सफलता त्यसको मूल्य हो। त्यसमा मलाई एकदमै गर्व र खुसी लागिरहेको छ। यो एकदिन हुनुथियो। अझै बढी हुने अपेक्षा गरेको छु ।’ दयाहाङले विजयको अभिनयको खुलेर तारिफ गरे । दया र बिजयले ‘कबड्डी’, ‘जारी’ जस्ता सफल फिल्महरुमा एकसाथ अभिनय गरेका छन् ।

बक्स अफिसमा छाइरहेको ‘पूर्ण बहादुरको सारङ्गी’का पूर्णेको बयान गर्दै दया भन्छन्, ’मैंले उसको अभिनय हेरेको १७ वर्ष भयो । हरेक पटक उसले मलाई ट्वा पार्ने हो। नाटकमा मेरो निर्देशकमा उसले काम गरेको छ । मेरो कोएक्टरको रूपमा काम गरेको छ। हरेक अनसेट उसले ट्वा पार्ने हो । आम मानिसहरूले लिड क्यारेक्टरलाई अगाडि हेर्छन् । तर, उसले पछाडि कति आनन्दले काम गरिरहेको हुन्छ। पूणर्बहादुरको सारंगीमा उसले मुख्य चरित्र पायो। चरित्रलाई मजाले ह्याण्डिल गरेर लगेको छ ।’

फिल्ममा विजय सहित प्रकाश सपुत, अञ्जना बराईली, मुकुन भुसाल, बुद्धि तामाङ, देशभक्त खनाल, अलिशा बास्कोटा, भोलाराज सापकोटा लगायतको अभिनय छ। विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । फिल्म बिहीबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

सरोज पौडेल निर्देशित फिल्मले घरेलु बक्स अफिसमा तीन करोड नजिकको व्यापार गरेको छ । गन्धर्व समुदायको कथामा आधारित फिल्ममा छोराको भविष्यका लागि बाबुले गरेको संघर्षलाई मर्मस्पर्शी रूपमा देखाइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha