‘ह्रस्व दिर्घ’मा हरिहरको ‘आँखा नबिझाउने’ काम
फिल्म ‘ह्रस्व दिर्घ’ले प्रदर्शनको पहिलो दिन सुखद् सुरुवात गरेको छ । फिल्मले पाएको अधिकांश शोहरु हाउसफूल हुँदा शनिबारको शो समेत ‘प्याक’ देखिएका छन् । फिल्मप्रति दर्शकको प्रतिक्रिया सकारात्मक छ ।
फिल्ममा मुख्य भूमिका निर्वाह गरेका अभिनेता हरिहर अधिकारीले प्रशंसा पाउने गरी अभिनय गरेका छन् । फिल्मको प्रचार सामाग्रीमा अनुमान गरेजस्तो हरिहरले फिल्ममा अन्याययुक्त अभिनय गरेका छैनन्, आफ्नो पात्रमा उनी असल रुपमा प्रस्तुत भएका छन् । हरि पात्रलाई उनले अनन्याय नगरेको फिल्मकर्मीले समेत बताए । उनले अनुमान गरे जस्तो ह्रस्व दिर्घमा आँखा बिझाउने अभिनय नगरको दर्शक तथा फिल्मकर्मीको प्रतिक्रिया छ ।
‘शुभ लभ’ पश्चात् हरिहरले अभिनय गरेको ह्रस्व दिर्घ दोश्रो फिल्म हो । चन्द्र पन्त निर्देशित फिल्ममा हरिहर, नीता ढुंगाना, विपना थापा, गरिमा शर्मा सहित अन्य नेपाली र बलिउड कलाकारहरुको अभिनय छ । ह्रस्व दिर्घका हरि उर्फ अभिनेता हरिहर अधिकारीलाई यी तस्बिरहरुमा हेर्नुस् :
तस्बिर : उद्धव रसाइली